शनिबार, साउन १२ गते २०८१    
images
images
images

गल्फ लुब्रिकेन्टले आफ्नो फ्याक्ट्रीमा मेकानिक्सलाई दियो टेक्निकल प्रशिक्षण

images
सोमबार, चैत १९ २०८०
images
images
गल्फ लुब्रिकेन्टले आफ्नो फ्याक्ट्रीमा मेकानिक्सलाई दियो टेक्निकल प्रशिक्षण

नेपालकै अत्याधुनिक फ्याक्ट्रीहरु मध्ये एक यो फ्याक्ट्रीको उत्पादन प्रक्रिया र यहाँ प्रयोग हुने उच्चस्तरीय टेक्नोलोजीहरुको बारेमा पनि विस्तृत जानकारी गराएको थियो।

images

काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले अमलेखगञ्जस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण दिएको छ।

images
images

सुदूरपश्चिम  क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएको सो कार्यक्रममा सिप विकास गर्नका लागि चाहिने सान्दर्भिक टेक्निकल तालिम प्रधान गर्नुको साथै उनीहरुको गल्फ लुब्रिकेन्टप्रतिको मनोबल अझै वृद्धि गर्ने उद्देश्यले फ्याक्ट्री भिजिट पनि गराएको कम्पनीको भनाइ छ। 

images

नेपालकै अत्याधुनिक फ्याक्ट्रीहरु मध्ये एक यो फ्याक्ट्रीको उत्पादन प्रक्रिया र यहाँ प्रयोग हुने उच्चस्तरीय टेक्नोलोजीहरुको बारेमा पनि विस्तृत जानकारी गराएको थियो।   

नेपाल ल्युब आयलको ल्याबमा भएको विभिन्न डिजिटल उपकरणमार्फत लब्रिकेन्टको १७ थरी भनदा बढी प्यारामिटर मापदण्डमा गुणस्तरको माप गरेर मात्र वस्तुहरू बिक्रीमा पठाइने गरेको छ। यसबारे जानकारी पाउँदा सही वस्तु उपयोग गरिएको भनेर सबै ढुक्क भएको अवलोकनमा सहभागी मेकानिक्सहरुले बताए।

images

नेपालमै एक मात्र कम्पनी जसले उच्च गुणस्तरको ग्रेड बेस आयल प्रयोग गरेको र विगत ५ वर्षदेखि सोभन्दा निम्न स्तरको आयल इम्पोर्ट नै नगरेको कम्पनीले जनाएको छ। 

सहभागी सबैलाई सर्टिफिकेटसमेत उपलब्ध गराइएको सो कार्यक्रममा बोल्दै नेपाल ल्युब आयलका नायब महाप्रबन्धक हिरालाल रावतले मेकानिक्स साथीहरुको सिप विकासमा कम्पनी हरदम प्रतिबद्ध रहेको बताए। यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि सञ्चालन उनको भनाइ छ। 

गल्फ लुब्रिकेन्टको अन्तर्राष्ट्रिय मापदण्डको पालना, उत्पादनको हरेक चरणमा लागु गरिएको क्वालिटी कन्ट्रोल र यहाँ प्रयोग हुने अत्याधुनिक प्रविधिको जानकारी गराउँदा गल्फ लुब्रिकेन्ट प्रतिको विश्वास बढेको रावतको भनाइ छ। 

नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक बिक्रेता सयपत्री स्टोर्सको सहकार्यमा सञ्चालित कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका प्रादेशिक बजार व्यवस्थापक राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए।

उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेगमेन्टस् र ग्रेडका लुब्रिकेन्ट, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए। त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए। 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ। नेपालमा गल्फ ब्राण्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाइमा पर्दै आएको छ।  


प्रकाशित : सोमबार, चैत १९ २०८०१८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend