शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

तयार भयो १४ करोड लागतको वैद्यनाथ खोलाको पुल, मुख्यमन्त्री कार्कीले गरे उद्घाटन

images
सोमबार, चैत १९ २०८०
images
तयार भयो १४ करोड लागतको वैद्यनाथ खोलाको पुल, मुख्यमन्त्री कार्कीले गरे उद्घाटन

दुई वर्षभित्रमा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको पुल १५ महिनामै सम्पन्न भएको हो।

images
images

कटारी- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका-६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन्। पुलको उद्घाटन गर्दै उनले प्रदेश सरकारले पूर्वाधार विकास तथा निर्माणका क्षेत्रमा काम गरिरहेको भन्दै यो आँगनको सरकार रहेको बताए।

images
images
images

यस पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौंसँग जोडेको जनाउँदै मुख्यमन्त्री कार्कीले प्रदेशले भौतिकसँगै मानवीय विकासमा जोड दिएको बताए। 'सडक स्तरोन्नतिसँगै नागरिकको भविष्य उज्वल बनाउने मानवीय विकासतर्फ सरकार लागेको छ', उनले भने, 'बालबालिकाको पढाइ, स्वास्थ्य तथा सीप विकासको जिम्मा प्रदेश सरकारले लिन्छ।'

images
images

पूर्वाधार विकास कार्यालय उदयपुरको आयोजनामा आज भएको उद्घाटन कार्यक्रममा प्रदेशका भौतिक विकासमन्त्री कमलप्रसाद जवेगुले सहर केन्द्रित विकासभन्दा पहाड केन्द्रित विकासमा प्रदेश सरकार लागेको बताए। उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई आवागमनमा सहज हुने बताए।

images
images

प्रदेश सरकारको पहलमा कटारी अस्पताललाई ५० शय्याको अस्पतालको रुपमा विकास गरिने मन्त्री खत्रीले बताए। केही समयअघि अस्पताललाई ५० शय्यामा विस्तार गर्नका लागि अर्थमन्त्रालयमा सिफारिस गरिएको उनले जानकारी दिए। मन्त्रालयले पनि स्वीकृति प्रदान गरिसकेको उनको भनाइ छ।

कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले यस पुलले कटारी-६ र ७ सँगै पहाडी ताप्ली, उदयपुरगढी, लिम्चुङवुङ गाउँपालिकाका स्थानीयलाई सहज भएको बताए। कटारी-७ का वडाध्यक्ष सुविन ढुंगानाले पुल निर्माण भएपछि यहाँका किसानले उत्पादन गरेका कृषि सामग्री बजार पुर्‍याउन सहज हुने बताए।

प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्फ १४ करोड ९४ लाख ७३ हजार एकसय रूपैयाँको लागतमा पुल निर्माण भएको हो। दुई वर्षभित्रमा निर्माण सक्नेगरी पुलको केएम इन्जिनियर्स विल्डर्स प्राली काठमाडौंले ठेक्का पाएको थियो। दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको पुल १५ महिनामै सम्पन्न भएको हो। ८४ दशमलव ४० मिटरको पुल दुई स्पामको बनेको छ। रासस


प्रकाशित : सोमबार, चैत १९ २०८०१५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend