शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

दुई जिल्ला जोड्न मोटर गुड्ने पुल बनेपछि स्थानीयलाई सहज

images
सोमबार, चैत १९ २०८०
images
दुई जिल्ला जोड्न मोटर गुड्ने पुल बनेपछि स्थानीयलाई सहज

तम्घास-सिमलटारी सडक आयोजना कार्यालय गुल्मीमार्फत निर्माण भएको उक्त पुलले स्थानीयको दैनिकी नै बदलिदिएको छ।

images
images

ढोरपाटन- दरमखोलामा दुई जिल्ला जोड्ने मोटरेबल पुल निर्माण गरिएको छ। बागलुङको गलकोट नगरपालिका-११ तल्लो रिघा र गुल्मीको मुसिकोट नगरपालिका-९ जौँ खेत जोड्ने गरी मोटर चल्ने पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ।

images
images
images

तम्घास-सिमलटारी सडक आयोजना कार्यालय गुल्मीमार्फत निर्माण भएको उक्त पुलले स्थानीयको दैनिकी नै बदलिदिएको छ। संघीय सरकारले विनियोजन गरेको सात करोड रूपैयाँमा उक्त पुल निर्माण गरिएको हो। 

images
images

विसं २०७४ असोज २९ मा सम्झौता भएर काम सुरु भए पनि गत वर्ष फागुनमा सकिएको इञ्जिनियर सागर पोखरेलले जानकारी दिए। निर्माणको जिम्मा पाएको हरिहरि निर्माण सेवा प्रालि विसं २०७५ चैत २८ मा सक्नुपर्ने पुल चार पटक म्याद थप गरेर विसं २०७९ फागुनमा सकेको उनको भनाइ छ।

images
images

पुल निर्माणका लागि सुरुमा तम्घास-सिमलटारी सडक आयोजनाले सम्झौता गरे पनि मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासले सम्पन्न गरेको इञ्जिनियर पोखरेलले बताए।

उनले भने, 'पुल निर्माण केही ढिलागरी सम्पन्न भएको छ, यो पुलले बागलुङ र गुल्मीलाई जोडेको छ, यो खासगरी केन्द्र सरकारअन्तर्गतको बजेटले निर्माण भएको हो, छ वर्ष अगाडि तम्घास-सिमलटारी सडक आयोजना कार्यालयले सम्झौता गरेको यो पुल कार्यालय खारेज भएपछि मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घास सञ्चालनमा आएको हुँदा त्यही कार्यालयले निर्माण सम्पन्न गरेर अहिले सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरेको छ।'

गलकोट-११ का अध्यक्ष डम्बर श्रीसले पुल नहुँदा बागलुङ र गुल्मीका नागरिकलाई वारपारमा निकै समस्या हुने गरेको जनाउँदै अहिले सहज भएको बताए। हिउँदको समयमा खोलामा पानीको बहाव घट्दा गाडी वारपार गर्नसक्ने तर बर्खाको समयमा बन्द हुने गरेको उनको भनाइ छ। अब बाह्रै महिना दुई जिल्लामा गाडी गुड्नसक्ने अध्यक्ष श्रीस बताउँछन्।

'बागलुङको गलकोट गुल्मीसँग जोडिएको छ, जिल्ला फरक भए पनि दुरीका हिसाबले नजिक छ, नजिक भएको हुँदा यहाँका स्थानीय दैनिक आवतजात गर्ने गर्छन्, ठाउँठाउँमा झोलुंगे पुल थिएन, मोटरेबल पुल पनि थिएन', अध्यक्ष श्रीसले भने, 'पुल नहुँदा पाँच मिनेटमा पुग्ने ठाउँमा एक घण्टा बढी लाग्थ्यो, अहिले पुल बनेपछि गाडी गुड्ने नै भयो, नागरिक पनि पैदल हिँडेर पनि वारपार गर्नसक्ने भएका छन्।'

मुसिकोटका पूर्वनगर प्रमुख सोमनाथ सापकोटाले गुल्मीलाई मध्यपहाडी लोकमार्गसँग जोड्नका लागि यो पुल निर्माण गरिएको बताए। जौ खेत गाउँ मुसिकोटको सबैभन्दा दुर्गम ठाउँ रहेको हुँदा यस क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोडेर विकास निर्माणलाई थप प्रभावकारी बनाएको उनको भनाइ छ।

बर्खाको समयमा गाडी खोला नतर्दा गाउँमा किसानले उत्पादन गरेका तरकारीलाई बजारसम्म पुर्‍याउन गाह्रो हुँदै आएकामा अब सहज हुने सापकोटाले बताए। उनले भने, 'विकासका हिसाबले मुसिकोटको ९ नं वडा अलि पछि परेको थियो, यहाँका नागरिकले पनि धेरै पटक दरमखोलामा मोटरेबल पुल चाहियो भनेर माग गरि राख्नु भएको थियो, केन्द्रसँग सहकार्य गरेपछि पुल निर्माण भएको हो, पुल निर्माण भएपछि यहाँका स्थानीय खुसी भएका छन्, पुलले वर्षौंदेखिको समस्यालाई समाधान गरेको छ।' रासस


प्रकाशित : सोमबार, चैत १९ २०८०१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend