सोमबार, वैशाख २४ गते २०८१    
images
images

‘गुरु किसान’ कार्यक्रमले रोङमा ल्यायो उत्साह

images
images
images
‘गुरु किसान’ कार्यक्रमले रोङमा ल्यायो उत्साह

कृषि पेसालाई व्यावसायिकरुपमा अघि बढाउन नेपालले उत्पादकत्व वृद्धिको अभियानमा जोड दिन जरुरी रहेको गाउँपालिकाले जनाएको छ।

images
images

इलाम- इलामको रोङ गाउँपालिकामा ‘गुरु किसान’ कार्यक्रम सुरु भएको छ। दक्षताका आधारमा अग्रज किसान छनोट गर्ने र अन्य किसानलाई प्राविधिक सहयोग पुर्‍याउन गुरु किसान कार्यक्रम सुरु भएको हो।

images
images
images

यो संघीय सरकारकै कार्यक्रमअनुसार स्थानीय तहले सो कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए। अन्य स्थानीय तहमा यो कार्यक्रम लागु नभइसकेको अवस्थामा यस गाउँपालिकामा देशमा नै पहिलोपटक यो कार्यक्रमको सुरुवात भएको उनको भनाइ छ।

images

गुणस्तरीय उत्पादन हुन नसक्दा नेपालमा उत्पादित कृषिजन्य वस्तु विदेश निर्यातमा समस्या भइरहेको भन्दै किसानलाई समेत गुणस्तरीय उत्पादनमा जोड दिन पनि यो कार्यक्रम सुरु भएको बताइएको छ। यस कार्यक्रमले किसानमा उत्साह जागृत भएको गाउँपालिकाले जनाएको छ। 

images

कृषि पेसाबाट नाफा बढी नभएका कारण पनि किसान पलायन हुँदै गएको भन्दै यो कार्यक्रम ल्याइएको गाउँपालिकाले बताएको छ। बजारको समस्या किसानको उत्पादनसँग जोडिएको हुनाले पनि यसका लागि किसानले गुणस्तरीय उत्पादनमा लाग्नुपर्ने गाउँपालिका अध्यक्ष स्याङ्बाले बताए। उनले परिमाण, गुणस्तर र निरन्तरतामा निर्भर रहिरहनेसमेत बताए।

images
images

परिमाण, गुणस्तर र निरन्तरता लाई विशेष प्राथमिकतामा राखेर काम गर्ने किसान तयार गर्दै किसान सङ्ख्या थप गर्दै किसानलाई बजारको सुनिश्चित गर्ने प्रयासको सुरुवात भएको उनको भनाइ छ।

कृषि पेसालाई व्यावसायिकरुपमा अघि बढाउन नेपालले उत्पादकत्व वृद्धिको अभियानमा जोड दिन जरुरी रहेको गाउँपालिकाले जनाएको छ। यो कार्यक्रम स्थानीय तहले मात्र गरेर सम्भव नहुने भन्दै प्रदेश र संघीय सरकारसँगको समन्वयमा सञ्चालन हुन आवश्यक रहेको अध्यक्ष स्याङ्बाको भनाइ छ। 

गुणस्तरीय उत्पादन निरन्तर भएमा माग बढ्ने र बजारको समस्या नहुने भन्दै त्यसका लागि गुरु किसान छनोट र परिचालन गर्न कार्यविधि ल्याइएको छ। कार्यविधिअनुसार सम्बन्धित किसान सोही गाउँपालिकाको हुनुपर्नेछ। कार्यविधिअनुसार कृषिलाई मुख्य पेसा बनाइ ५० प्रतिशत शारीरिक एवं मानसिकरुपमा समय दिनसक्ने किसानलाई यस कार्यक्रममा सहभागी गराइनेछ।

नेपालको संविधान २०७२ को अनुसूची ८ को बुँदा नं १५ साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिछेद ३ को उपदफा (ण) सम्बन्धित रहेर गुरु किसान कार्यविधि २०८० जारी गरिएको हो।

सबै ठाउँमा दक्ष प्राविधिक खटाउन नसक्दा कृषि पेसा अँगालेका धेरै किसानले प्राविधिक ज्ञान पाउन नसकेको र कृषि पेसाबाट पलायन भएकाले कार्यक्रम ल्याइएको उनले जानकारी दिए। 'कृषि पेसालाई सम्मानित पेसा बनाउन गुणस्तरीय उत्पादनमा उहाँहरुले पनि जोड दिनुपर्छ', गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए। उत्पादकत्व वृद्धि भएपछि मात्र किसान समृद्ध हुने र सिंगो गाउँपालिकासमेत सम्पन्न हुने उनको भनाइ छ।

गाउँपालिकाले गुरु किसानलाई आर्थिक एवं प्राविधिक सहयोग गर्ने जनाइएको छ। गुरु किसान घोषणा गरेर अन्य किसानमाझ खटाउँदा कृषि पेसामा रहेका किसानहरुलाई समेत आत्मसम्मानसहित कृषिलाई निरन्तरता दिन हौसला प्राप्त हुनेछ। साथै अन्य किसानसमक्ष ज्ञान बाँड्न खटाउँदा कृषि पेसामा लाग्दै गरेका नयाँ किसानलाई समेत हौसला प्राप्त हुने बताइएको छ।

किसानले व्यावहारिक ज्ञान पाउने भएपछि मौसमअनुसारका कृषिउपजसमेत उत्पादनमा सहज हुने अपेक्षा लिइएको छ। समय र वातावरण सुहाउँदो बाली लगाउन र मौसमअनुसारकै उत्पादन एवं बेमौसमीखेतीतर्फ समेत किसानको आकर्षण बढ्नेछ। कृषि पेसालाई आधुनिकीकरण गराउँदै निर्वाहमुखी र व्यावसायिक कृषि उत्पादनमा जोड दिन यो कार्यक्रमले मद्दत पुर्‍याउने अपेक्षा लिइएको छ।

कृषिमा आत्मनिर्भर हुँदै व्यावसायिक कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको सो गाउँपालिकाले कृषि पेसालाई सम्मानित पेसा बनाउन यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ। यो कार्यक्रमले वैदेशिक रोजगारीमा जानैपर्छ भन्ने मान्यताको अन्त्य गरी स्वदेशमा नै केही गर्न चाहने युवालाई आत्मनिर्भरको बाटो खुल्ने विश्वास गरिएको छ। 

गाउँपालिकास्तरीय छनोट एवं सिफारिस समिति गठन गरिनेछ र सो समितिले पशुपालन र कृषि पेसामा रहेर काम गरिरहेका अग्रणी किसान छनोट गर्ने र उनीहरुले अन्य किसान समक्ष उनीहरुको दक्षता बाँड्नेछन्। कृषि पेसामा लागेका गाउँपालिकाका बासिन्दाहरुलाई तालिम, गोष्ठी, व्यवसाय परामर्श, व्यावसायिक योजना, आधुनिक औजार खरिदमा समेत यो कार्यक्रमले मद्दत गर्नेछ।

गाउँपालिकाले गुरु किसान छनोट तथा परिचालन निर्देशक समिति गठन गरेर काम अगाडि बढाएको छ। समितिमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक विकास समिति संयोजक, कार्यपालिका महिला समितिबाट दुईजना र कृषि विकास शाखा प्रमुख सदस्य-सचिव रहनेछन्। समितिले किसान तथा गुरु किसानलाई परामर्शसहित काम गर्न निर्देशन दिनेछ। समितिले अनुगमन तथा सहयोगका लागि सिफारिस समेत गर्ने बताइएको छ।

यो गाउँपालिका कृषि उत्पादनका दृष्टिले जिल्लाकै अग्रणी पालिका मानिन्छ। यहाँ उत्पादित कृषिजन्य वस्तु झापाका विभिन्न बजार हुँदै इटहरी, विराटनगर, काठमाडौँलगायतका स्थानमा समेत बिक्रीवितरण हुने गरेको छ।

कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको यो गाउँपालिकाले गुन्द्रुकको ब्रान्डिङ, मह, सिस्नोको उत्पादन तथा ब्राण्डिङलगायतमा सफलता समेत प्राप्त गरिसकेको छ। रासस

images

प्रकाशित : सोमबार, चैत १९ २०८००१:४१

प्रतिक्रिया दिनुहोस