शनिबार, मंसिर १५ गते २०८१    
images
images

२७ लाखभन्दा बढी रकमसहित दुईजना हुण्डी कारोबारी पक्राउ

images
सोमबार, चैत १९ २०८०
images
images
२७ लाखभन्दा बढी रकमसहित दुईजना हुण्डी कारोबारी पक्राउ

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images

सर्लाही- प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। ठूलो परिमाणमा स्रोत नखुलेको रकमसहित सोमबार उनीहरुलाई पक्राउ गरिएको हो।

images
images
images

गोप्य सूचनाका आधारमा प्रहरीले २७ लाख ७५ हजार नौ सय ७० रूपैयाँसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

images

पक्राउ पर्नेमा मलंगवा नगरपालिका-३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका-७, घरभइ मलंगवा नगरपालिका-९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन्।

images

प्रहरीका अनुसार मलंगवा नगरपालिका-९ बाट १० लाख रूपैयाँ र लक्ष्मी सनराइज बैंकको खातामा नौ लाख ९० हजार रूपैयाँ जम्मा गर्ने दुईवटा भौचरसहित उनीलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो। साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो। पसलबाट स्रोत नखुलेको १७ लाख ७५ हजार नौ सय ७० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। 

प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा एक हजार दरका एक हजार चारसय ५४ थान, पाँचसय दरका छ सय २२ थान, एकसय रूपैयाँ दरका एकसय नौ थान, ५० को एक थान र २० को एक थान नेपाली नोट बरामद गरेको हो।

पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशंकामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिए।

दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ। उनीहरुलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहानमात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो। रासस


प्रकाशित : सोमबार, चैत १९ २०८०१२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend