शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

सुनको मूल्यमा कीर्तिमान, एकैदिन १६ सयले बढ्यो

images
सोमबार, चैत १९ २०८०
images
सुनको मूल्यमा कीर्तिमान, एकैदिन १६ सयले बढ्यो

यो साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार पुन: कीर्तिमानी बिन्दुमा पुगेको हो।

images
images

काठमाडौं- लगातारको वृद्धिपछि यो साता आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार पुन: बढेर उच्च बिन्दुमा पुगेको छ।

images
images
images

सोमबार १६ सय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३१ हजार ६ सय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३० हजार ९ सय रूपैयाँ कायम छ। 

images
images

अघिल्लो साता सुनको मूल्य लगातार दुई दिन बिहीबार र शुक्रबार कीर्तिमानी बिन्दुमा पुगेको थियो। यो साताको पहिलो दिन आइतबार भने स्थिर रहेको सुनको मूल्य सोमबार पुन: कीर्तिमानी बिन्दुमा पुगेको हो।

images
images

चाँदीको मूल्य पनि आज प्रतितोला १० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार पाँचसय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रकाशित : सोमबार, चैत १९ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend