काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ। मंगलबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ५ सय रुपैयाँ घटेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। मंगलबार १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।