सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

क्यानडा पठाइदिने भन्दै ४० लाख ठगी गर्ने पक्राउ

images
आइतबार, चैत १८ २०८०
images
images
क्यानडा पठाइदिने भन्दै ४० लाख ठगी गर्ने पक्राउ

पक्राउ परेका सुदेश सुनुवार मुखियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारका लागि क्यानाडा पठाइदिने भन्दै ४० लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

images
images

पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बेँसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

images
images

उनले भने, 'बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट ४० लाख रकम लिइ विदेश नपठाइ सम्पर्कविहीन भएकामा पीडितमध्येका एकजना लेखनाथ भुर्तेलले जाहेरी दिइ अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने सुदेशलाई काठमाडौं बौद्धबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो।'

images
images
images

पक्राउ परेका मुखियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको सूचना अधिकारी पोखरेलले बताए।

यसैगरी, उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न कम्पनीका मोबाइलहरु राजस्व/भन्सार छली चोरी-पैठारी गरी ल्याइ बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा राजस्व छलीका मोबाइलसहित एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका-२ घरभई हाल ललितपुर महानगरपालिका-८ बालकुमारी बस्ने २२ वर्षीय सरोज योञ्जन रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

उनका अनुसार ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइल राजस्व/भन्सार छली चोरी-पैठारी गरी ल्याइ बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको टोलीले निज योञ्जनले सञ्चालन गरेको ट्रेन्डिङ मोबाइल हबबाट राजस्व छलीका १५ लाख रूपैयाँ मूल्यका ३५ थान मोबाइलसहित निजलाई पक्राउ गरेको हो।

उक्त कार्यमा संलग्न रहेका योञ्जनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुरमा पठाइएको सूचना अधिकारी पोखरेलले बताए। रासस


प्रकाशित : आइतबार, चैत १८ २०८०१८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend