शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

मेडिकल सामान आपूर्तिकर्तासहित स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा

images
आइतबार, चैत १८ २०८०
images
मेडिकल सामान आपूर्तिकर्तासहित स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा

हस्पिटेक इन्टरप्राइजेज काठमाडौंका सञ्चालक विशाल पण्डित र सोही कम्पनीका व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध समान दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दाबी गरिएको छ।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृतलगायत मेडिकल उपकरण आयातकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

images
images
images

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरका लागि एचडीयू उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको पाइएको आयोगको भनाइ छ। आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहता, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेशकुमार श्रेष्ठ भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।

images
images

यस्तै, हस्पिटेक इन्टरप्राइजेज काठमाडौंका सञ्चालक विशाल पण्डित र सोही कम्पनीका व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध समान दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दाबी गरिएको छ। रासस

images
images


प्रकाशित : आइतबार, चैत १८ २०८०१६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend