शनिबार, वैशाख २२ गते २०८१    
images
images

असार १५ भित्र कमला पुल निर्माण सम्पन्न गर्न पूर्वाधारमन्त्रीको निर्देशन

images
images
images
असार १५ भित्र कमला पुल निर्माण सम्पन्न गर्न पूर्वाधारमन्त्रीको निर्देशन

भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले धनुषाको औरहीलगायतका ठाउँमा निर्माण हुन बाँकी सडकको निरीक्षण गरेका छन्। बन्न बाँकी सडक र पुल समयमै निर्माण सम्पन्न गर्न उनले ठेकेदारलाई निर्देशन दिए।

images
images

धनुषा- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असार १५ गतेभित्र कमला पुलको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्।

images
images
images

आज बिहान मन्त्री महासेठले पुलको निरीक्षण गरेका थिए। उनले असार १५ गतेभित्र निर्माण सम्पन्न नभए सरकारले विकल्प खोज्ने चेतावनी दिए। 'धनुषा र सिरहाका जनताले यतिका दिन दुःख भोग्यो अब भोग्न दिन्न', उनले भने, 'करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै सम्पन्न गर्नुपर्‍यो।'

images

नेपाल सरकारले पनि निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्ने नीति लिएको उनले बताए। मन्त्री महासेठ आज जनकपुरधाम आएलगत्तै कमला पुलसँगै हुलाकी सडकको निरीक्षण गरे। उनले मधेसको लाइफलाइन मानिने हुलाकी सडकको निर्माण यथाशीघ्र सम्पन्न गराएर जनतालाई सास्ती भोग्नबाट मुक्त गराउने प्रतिबद्धता जनाए।

images

उनले धनुषाको औरहीलगायतका ठाउँमा निर्माण हुन बाँकी सडकको निरीक्षण गरेका छन्। बन्न बाँकी सडक र पुल समयमै निर्माण सम्पन्न गर्न उनले ठेकेदारलाई निर्देशन दिए। ठाउँठाउँमा सडक र पुल निर्माणको काम सम्पन्न नभएर हुलाकी सडक सञ्चालनमा आउन सकेको छैन।

images
images

कमला पुल निर्माणको ठेक्का सम्झौता भएको १० वर्षपछि सम्पन्न भए पनि उद्घाटनको एक महिना अगाडि गत असार १८ गतेको बाढीले भासिएको थियो। रासस

images

प्रकाशित : आइतबार, चैत १८ २०८००३:२१

प्रतिक्रिया दिनुहोस