सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

हर्क साम्पाङलाई अर्थमन्त्रीले भने - तपाईँको अभियानमा म पनि सँगै हुनेछु

images
आइतबार, चैत १८ २०८०
images
images
हर्क साम्पाङलाई अर्थमन्त्रीले भने - तपाईँको अभियानमा म पनि सँगै हुनेछु

‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, अर्थमन्त्री वर्षमान पुनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ। यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ।’

images
images

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्। 

images
images

आइतबार बधाई दिन मन्त्रालय आएका धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए।

images
images

मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाइँ सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरे। सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए। 

images
images
images

‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, उनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ। यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ।’

मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाइ मन्त्रालयसँग पनि कुरा गर्न सुझाए। ‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु। यहाँले पनि उताबाट योजना माग गर्नुहोला’, मन्त्री पुनले, ‘म तपाईँको अभियानमा सँगै हुनेछु।’

मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दुरीमा पर्ने चतरास्थित सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराए। उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उनको भनाइ थियो।

मेयर साम्पाङले अर्थमन्त्री पुनबारे आममानिसमा सकारात्मक धारणा रहेको पाएकाले आफू योजना माग्न आएको उल्लेख गरे। मन्त्री पुनले पनि राईको काम गर्ने शैलीको प्रशंसा गरे।


प्रकाशित : आइतबार, चैत १८ २०८०१३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend