शनिबार, वैशाख २२ गते २०८१    
images
images

असिनापानीले सखाप पार्‍यो भित्र्याउने बेलाको अन्नबाली

images
images
images
असिनापानीले सखाप पार्‍यो भित्र्याउने बेलाको अन्नबाली
फाइल तस्बिर

ठूलो असिनापानीले बारपाक क्षेत्रका सबैजस्तो ठाउँमा लगाइएको जौ, गहुँलगायतका अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति पुगेको छ।

images
images

गोरखा- बारपाक क्षेत्रमा परेको भीषण वर्षा र असिनाले किसानले भित्र्याउने बेला भएको गहुँ र जौ खेतमै नष्ट भएको छ।

images
images
images

शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले बारपाक क्षेत्रका सबैजस्तो ठाउँमा लगाइएको जौ, गहुँलगायतका अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति पुगेको बारपाक सुलिकोट गाउँपालिका-१ का वडाध्यक्ष धनबहादुर घलेले जानकारी दिए।

images

बारपाकका करिब एक हजार तीन सयभन्दा बढी घरघुरीका किसानले घरमा भित्र्याउने बेला भएको गहुँ र जाँ असिनापानीले नष्ट गरेको उनले बताए। 'शनिबार ४ बजेदेखि लगातार तीन घण्टाभन्दा बढी बारपाक क्षेत्रमा भीषण वर्षासँगै असिना परेको थियो', वडाध्यक्ष घलेले भने, 'ठूलो पानी र ठूलाठूला असिनाले घरमा भित्र्याउने बेला भएको अन्नबाली नष्ट भएपछि अहिले बारपाकका किसान चिन्तामा परेका छन्।'

images

असिनापानीले बारपाक क्षेत्रमा किसानले लगाएको हिउँदे तरकारी बालीसमेत पूर्णरुपमा नष्ट भएको छ। बारपाकको सोर्पा, र्खोका, च्वेजङ्ग, तसीरङ्ग, र्मोकङलगायतका क्षेत्रमा किसानले अत्याधिक मात्रामा जौँ र गहुँको खेती गर्ने गर्दछन्। 'धेरैजसोको त जौ, गहुँ, आलुको बीउसमेत आउने अवस्था छैन', वडाध्यक्ष घलेले भने, 'अब के गर्ने भन्ने चिन्तामा परेका छौँ।'

images
images

असिनापानीले कति मूल्य बराबरको क्षति भयो भन्ने यकिन भइनसकेको उनको भनाइ छ। 'बारपाक क्षेत्रमा प्रायःसबै घरपरिवारले हिउँदे तरकारीखेती, गहुँ र जौको खेती गरेकै हुन्छ', वडाध्यक्ष घलेले भने, 'अहिलेसम्म क्षतिको पूरै विवरण संकलन गर्न सकिएको छैन, अब प्राविधिकलाई बोलाएर के गर्ने भन्नेबारेमा छलफल गर्नेछौँ।' किसानलाई क्षतिपूर्तिको व्यवस्था नभए किसान थप समस्यामा पर्ने भन्दै उनले चिन्तासमेत व्यक्त गरे।

'यहाँ धेरैले आफै खानका लागिमात्र भए पनि र कतिपयले बिक्री गर्ने गरी हिँउदे तरकारी बाली आलु, प्याज, लसुनलगायतका खेती गरेका थिए', उनले भने, 'ठूलो असिनापानीले सबै क्षति गरेको छ।'

एउटै घरको न्यूनतम दुईदेखि तीनमुरीसम्म आलु क्षति भएको उनको भनाइ छ। 'बारीमा गएर हेर्दा रुन मन लाग्छ', स्थानीय किसान मनबहादुर घलेले भने, 'जौ र गहुँ त पूरै असिनाले छोपेर सेतै पो भएछ अब के खाने हो?'

उgले असिनापानीले बालीनाली ढलेर सोत्तर भएको बताए। 'अलिअलि भएको पनि बटुल्नसक्ने अवस्था छैन', घलेले भने, 'खानका लागि त छोड्दिनुस् अर्को वर्ष बीउ लगाउनका लागि अब कहाँ खोज्ने हो भन्ने अवस्था बारपाकका किसानहरुको भएको छ।'

भौतिक संरचनामा क्षति 

भीषण वर्षापछि आएको बाढीले बारपाकमा थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ। 'बारपाक स्वास्थ्यचौकीमा डाँडाबाट आएको भलसँगै आएको पहिरो छिरेर स्वास्थ्यचौकीको तारबारसहित पर्खाल बगाएको छ', वडाध्यक्ष घलेले भने, 'स्वास्थ्यचौकीमा मात्र  तीन लाख रूपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ।'

त्यस्तै वडा नं १ मा रहेको श्री हिमालय माध्यामिक विद्यालयमा भलसँगै आएको बाढीले क्षति पुर्‍याएको छ। 'बाढीले विद्यालयको तारबार, स्कुलको जग खोतलेर लगेको छ', उनले भने, 'ऐरेलपाखा खानेपानी आयोजनामा पानी र बाढीले क्षति पुर्‍याएको छ।' रासस

images

प्रकाशित : आइतबार, चैत १८ २०८००१:३०

प्रतिक्रिया दिनुहोस