शनिबार, वैशाख २२ गते २०८१    
images
images

पाँच महिनामा नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिकटन फोहर संकलन, आजदेखि धोवीखोला सफाइ सुरु

images
images
images
पाँच महिनामा नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिकटन फोहर संकलन, आजदेखि धोवीखोला सफाइ सुरु

नदीकिनार सफाइका लागि ७ हजार ६९४ जना जनशक्ति परिचालन गरिएको काठमाडौं महानगरले जनाएको छ।

images
images

काठमाडौं- ‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत काठमाडौं महानगरपालिकाले गएको ५ महिना नदी किनार र जलबहाव क्षेत्रबाट २ हजार २ सय ४८ मेट्रिकटन फोहर निकालेको छ।

images
images
images

महानगरले कात्तिक, मंसिर, पुस, माघ र फागुनमा नदी किनारबाट उक्त परिमाणमा फोहर निकालेको हो। यसका लागि ७ हजार ६९४ जना जनशक्ति परिचालन गरिएको महानगरले जनाएको छ।

images

सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोतको प्रयोग गर्नुपर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो। वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार, आवश्यकताका आधारमा एक्साभेटरसहित उपकरण प्रयोग गरिएको थियो। 

images

महिनागत रुपमा हेर्दा कात्तिकदेखि फागुनसम्म क्रमशः १ हजार ४ सय, ३ हजार ७ सय ३१, १ हजार १ सय २६, ७ सय २५ र ७ सय १२ जना जनशक्ति परिचालन भएका छन्। यी जनशक्ति श्रम बैंकबाट लिइएका हुन्।

images
images

योजनाका फोकल पर्सन एवं महानगरपालिकाका उपनिर्देशक सानुमैया महर्जनका अनुसार यी महिनाहरुमा क्रमशः ८ सय ४६, ८ सय ४६, २ सय ७१, १ सय ४४, १ सय ७१ र १ सय ४१ मेट्रिकटन फोहर निकालेर व्यवस्थापन गरिएको छ। 

योजना कार्यान्वयन गर्ने क्रममा असोज ३० गतेदेखि नदी किनाराको सरसफाइ थालिएको हो। फागुन २० गतेदेखि नदीभित्र प्रवेश गरेर फोहर निकाल्न थालिएको हो।

गएको मंसिर १ गतेदेखि सहरी सरसफाइका लागि थप गरिएका ३ सय जना जनशक्तिले पनि काम गरिरहेका छन्। उनीहरुलाई नदी किनारा, सडक, पार्क र सार्वजनिक स्थलको सफाइमा खटाउने गरिएको छ। 

सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहर प्लाष्टिक रहेको छ। यसपछि कपडा छन्। घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहर भेटिने गरेको छ। 

यस्तै महानगरले आजदेखि रुद्रमती नदी (धोवीखोला) को सफाइ सुरु गरेको छ। रुद्रमती र बागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको हो। श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर सफाइ थालिएको हो।

सफाइ गर्ने कार्यक्रम सञ्चालन भएसँगै नदीमा फोहर नफाल्न आसपास क्षेत्रमा प्रचारात्मक कार्यक्रम पनि गर्नुपर्ने अवस्था छ। सफाइमा सहभागी भएका वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार भन्छन्, ‘नबुझेर फोहर फाल्नेको संख्या कम छ। बुझेर फोहर फाल्नेमाथि बिशेष निगरानी रहनेछ।’

सफाइ हरेक दिन बिहान ७ बजेदेखि अपराह्न २ बजेसम्म हुनेछ।

काठमाडौंमा मुख्य ९ वटा नदीहरु विष्णुमती, रुद्रमती (धोवीखोला), मनोहरा, इच्छुमती (टुकुचा), बल्खु खोला, सामाखुशी, कर्खुशी (वाफल) र भचाखुशी (स्वयम्भू, शोभाभगवती) छन्। यीमध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकोले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन।

यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिने महानगरको भनाइ छ।

images

प्रकाशित : आइतबार, चैत १८ २०८०१२:३३

प्रतिक्रिया दिनुहोस