सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

केन्द्रीय तथ्यांक कार्यालयका सचिव तोयम राय महालेखापरीक्षकमा सिफारिस

images
आइतबार, चैत १८ २०८०
images
images
केन्द्रीय तथ्यांक कार्यालयका सचिव तोयम राय महालेखापरीक्षकमा सिफारिस

आवेदन दिएका १५ प्रतिस्पर्धीमध्येबाट सचिव तोयम रायको नाम सिफारिस भएको हो। उनको सचिव कार्यकाल आगामी भदौबाट सकिँदैछ।

images
images

काठमाडौं- केन्द्रीय तथ्यांक कार्यालयका सचिव तोयम राय महालेखापरीक्षकमा सिफारिस भएका छन्।

images
images

आइतबार बिहान बसेको संवैधानिक परिषदको बैठकले सचिव रायलाई महालेखापरीक्षकमा सिफारिस गरेको हो।

images
images

गत जेठ ८ गते तत्कालीन महालेखा परीक्षक टंकमणि शर्मा सेवानिवृत्त भएपछि उक्त पद रिक्त रहेको थियो।

images
images
images

रिक्त रहेको महालेखा परीक्षकमा १५ जनाले आवेदन दिएका थिए। जसमा गोपिनाथ मैनाली, शिशिर ढुंगाना, रामप्रसाद थपलिया, रामशरण पुडासैनीलगायतले आवेदन दिएका थिए। यस्तै शंकर खरेल, रामनाथ कुँवर, बामदेश बर्मा अधिकारी, महेश्वर काफ्ले, चन्द्रकान्त भण्डारी, वैकुण्ड अधिकारी, सुवोधलाल कर्णले पनि आवेदन दिएका थिए।

प्रतिस्पर्धीमध्येबाट सचिव रायको नाम बैठकले सिफारिस गरेको हो। रायको सचिवको कार्यकाल आगामी भदौबाट सकिँदैछ।

राय विष्णु पौडेल अर्थमन्त्री हुँदा अर्थसचिव भएका थिए। उनी सचिवमा बढुवा भएसँगै बागमती प्रदेशको प्रमुख सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र उद्योग वाणिज्य मन्त्रालय बसेर काम गरिसकेका छन्।


प्रकाशित : आइतबार, चैत १८ २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend