शनिबार, वैशाख २२ गते २०८१    
images
images

सुनको मूल्य उच्च बिन्दुमै स्थिर

images
images
images
सुनको मूल्य उच्च बिन्दुमै स्थिर

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

images
images

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। अघिल्लो साता बुधबारयता लगातार बढिरहेको सुनको मूल्यमा आइतबार कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २९ हजार चारसय रूपैयाँ कायम छ। सुन गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

images

अघिल्लो साता सुनको मूल्य लगातार दुई दिन बिहीबार र शुक्रबार कीर्तिमानी बिन्दुमा पुगेको थियो। यो साताको पहिलो दिन आइतबार भने सुनको मूल्य उच्च बिन्दुमै स्थिर रहेको हो।

images

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार पाँचसय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

images

प्रकाशित : आइतबार, चैत १८ २०८०११:०३

प्रतिक्रिया दिनुहोस