काठमाडौं- संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आजको बैठकमा रिक्त रहेको सात संबैधानिक आयोगका सात पदाधिकारीसहित सदस्यको नियुक्तीबारे छलफल हुने बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बैठक बस्नका लागि छलफल समेत गरेका थिए।
बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नसक्ने सम्भावना रहेको बताइएको छ।
संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार साँझ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर भेट वार्ता गरेका थिए।
प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ।