शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

९० सालको भूकम्पपछि हराएको ‘ग्वलः दे फल्चा’ को पुनरुत्थान सुरु

images
शनिबार, चैत १७ २०८०
images
९० सालको भूकम्पपछि हराएको ‘ग्वलः दे फल्चा’ को पुनरुत्थान सुरु

उक्त फल्चा ३२४ वर्ष पुरानो मानिएको छ। फल्चा पुनरुत्थानका लागि वडाले करिब १५ लाख रुपैयाँ खर्च गर्नेछ।

images
images

काठमाडौं- विसं १९९० सालको भूकम्पपछि हराएको जय वागेश्वरी नवाली टोलको ‘ग्वलः दे फल्चा’ खोजेर काठमाडौं महानगरपालिकाको वडा नं. ८ ले पुनरुत्थानको काम सुरु गरेको छ।

images
images
images

फल्चा पुननिर्माण गर्न आज वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जग पूजा तथा शिलान्यास गरेका छन्। घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गर्ने निर्णय गरिएको उनले बताए।

images
images

‘शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनःनिर्माण ८७३ मा भएको उल्लेख छ। यसअनुसार फल्चा करिब ३ सय २४ पुरानो हो’, आशामानले भने, ‘स्थानीय पाका मानिसहरुका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो।’

images
images

पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो। त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिन्छ। 

फल्चा पुनरुत्थानका लागि वडाले करिब १५ लाख रुपैयाँ खर्च गर्नेछ। फल्चा १४ फिट लम्बाइ र साढ ६ फिट चौडाइको हुनेछ। 


प्रकाशित : शनिबार, चैत १७ २०८०१८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend