आइतबार, भदौ २३ गते २०८१    
images
images

नेपाललाई आयटाले भन्यो - हवाई यात्रुलाई ५ हजार डलरको कोभिड-१९ बिमा लागू नगर्नु

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २९ २०७८
images
images
नेपाललाई आयटाले भन्यो - हवाई यात्रुलाई  ५  हजार डलरको कोभिड-१९ बिमा लागू नगर्नु

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा) ले हवाई यात्रुका लागि अनिवार्य गर्न लागिएको कोभिड-१९ बिमा लागू नगर्न आग्रह गरेको छ। 

images
images

काठमाडाैं- इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा) ले हवाई यात्रुका लागि अनिवार्य गर्न लागिएको कोभिड-१९ बिमा लागू नगर्न आग्रह गरेको छ। 

images
images
images

आयटाले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पत्र पठाउँदै आयटाले हवाई यात्रुलाई अतिरिक्त भार थप्ने कुनै पनि नीति नल्याउन आग्रह गरेको हो। 

कोरोना महामारीका कारण यसै पनि हवाई यात्रा महंगो भएको त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको यो नीतिले थप भार सिर्जना गर्ने आयटाको भनाइ छ। 

'क्यानको यो बिमा नीतिले नेपाल आउने/जाने हवाई यात्रामा थप लागत सिर्जना गर्ने छ। यो निर्देशनप्रति आयटाको गम्भीर ध्यानाकर्षण भएको छ। कोरोनाका कारण यसै पनि महंगिएको यात्रामा यो भारले पर्यटनको पुनरुत्थानका अवरोध गर्ने छ' आयटाको पत्रमा उल्लेखित छ।

images

कोरोना महामारी सम्बन्धी प्रोटोकल बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन नगरेको विषयमा क्यानले दिएको निर्देशनप्रति आयटाले प्रश्न उठाएको छ। 

बिमा कम्पनीहरुले आफ्नो स्वार्थको लविङ गर्नसक्ने भएपनि क्यानले एयरलाइन्सको स्वार्थ हेर्नुपर्ने आउटाको सुझाव छ।


प्रकाशित : बुधबार, मंसिर २९ २०७८०२:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend