शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

शिक्षा र सीप भए स्वदेशमा प्रशस्त सम्भावना छ : प्रकाशशरण महत

images
शनिबार, चैत १७ २०८०
images
शिक्षा र सीप भए स्वदेशमा प्रशस्त सम्भावना छ : प्रकाशशरण महत

अभिभावकलाई आफ्ना सन्तति पढाउन कुनै कन्जुस्याइँ नगर्न आग्रह गर्दै उनले विद्यार्थीलाई पनि राज्यले उपलब्ध गराएको सुविधा र परिवारबाट पाएको सहयोगको सहीरुपमा सदुपयोग गर्न अनुरोध गरे।

images
images

नुवाकाेट- नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा मानिसको अमूल्य धन भएकाले त्यसमा गरिएको लगानी खेर नजाने बताएका छन्।

images
images
images

नुवाकोटको लिखु गाँउपालिका-४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अभिभावकलाई आफ्ना सन्तति पढाउन कुनै कन्जुस्याइँ नगर्न आग्रह गर्दै विद्यार्थीलाई पनि राज्यले उपलब्ध गराएको सुविधा र परिवारबाट पाएको सहयोगको सहीरुपमा सदुपयोग गर्न अनुरोध गरे।

images
images

'शिक्षाको लागि राज्यले सुविधा सम्पन्न भौतिक संरचना, आवश्यक जनशक्ति, शैक्षिक गुणस्तर वृद्धिको लागी सहयोगी माध्यम प्रशस्त उपलब्ध गराएको छ', महतले भने, 'सीपयुक्त शिक्षाको ग्रहणबाट स्वदेशमा नै रोजगारीको प्रशस्त सम्भावना छ।'

images
images

देशमा राजनीतिक अस्थिरता भए पनि त्यसलाई अनावश्यक भ्रम फैलाउन खोज्नेहरुसँग सचेत भएर अहिलेका विद्यार्थी र युवा पुस्तालाई धैर्यता, इमानदारिता र सहनशीलता कायम राख्न उनले आग्रह गरे।


प्रकाशित : शनिबार, चैत १७ २०८०१७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend