शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हाट बजारमा स्थानीय महदेखि सिस्नुसम्म

images
शनिबार, चैत १७ २०८०
images
हाट बजारमा स्थानीय महदेखि सिस्नुसम्म
फाइल तस्बिर

आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि हाटबजार सञ्चालन गरेको हो। किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

images
images

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मा सञ्चालित हाटबजारमा स्थानीय उत्पादनले बजार पाउन थालेको छ।

images
images
images

गाउँपालिकाको सक्रियतामा प्रत्येक शुक्रबार सञ्चालन हुने हाटबजारमा स्थानीय उत्पादनले बजार पाएपछि कृषक हर्षित भएका छन्। हाटबजारमा मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु किनबेच हुने गरेको छ।

images
images

हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए। उनले भने, 'हाटबजार कृषक र उपभोक्ता जोड्ने राम्रो माध्यम बनेको छ। उपभोक्ताले आफूले चाहेका उपभोग्य वस्तु एकै ठाउँमा किन्न पाएका छन् भने कृषकले उत्पादित वस्तु बिक्री गर्ने ठाउँ पाएका छन्।'

images
images

प्रत्येक शुक्रबारे हाटमा उपभोक्ताको भीड हुने केसीको भनाइ छ। हाटबजार सञ्चालन हुने दिन के के वस्तु आउँदैछ भनेर उपभोक्ताले पहिल्यैदेखि सोधखोज गर्ने गरेको उनले बताए।

आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीका मह उत्पादक कृषक सुकबहादुर गुरुङले हाटबजारले गर्दा महले बजार पाएको बताए । उनले भने, 'मह बिक्रीका लागि बजारको अभाव छैन, हाटबजारमै छोपाछोप हुन्छ।' उनका अनुसार मह प्रतिकेजी एक हजार रूपैयाँमा बिक्री भइरहेको छ।

स्थानीय कृषक ममिता गुरुङले पनि हाटबजार सञ्चालनले मह बिक्री गर्न सजिलो भएको बताइन्। छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङलाई गाउँमा उत्पादित साग हाटबजारबाट बिक्री वितरण गर्न सहज भएको छ।

आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि हाटबजार सञ्चालन गरेको हो। गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। चुमानका अनुसार वार्षिक दश लाख ५० हजार रूपैयाँ भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको हो। गाउँपालिका भित्रका जुनसुकै वडाका कृषकले आफूले उत्पादन गरेका सामग्री हाटमा ल्याएर बेच्न सक्ने उनको भनाइ छ।

किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। यसले गर्दा कृषकलाई कृषि पेसामा लाग्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अध्यक्ष चुमानको भनाइ छ। रासस


प्रकाशित : शनिबार, चैत १७ २०८०१४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend