शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

गुल्मीमा भेटिए ३०५ प्रजातिका चरा

images
शनिबार, चैत १७ २०८०
images
गुल्मीमा भेटिए ३०५ प्रजातिका चरा

नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा रहेका छन्।

images
images

गुल्मी- गुल्मी जिल्लाको रेसुंगा र मदाने संरक्षित वन क्षेत्र आजभोलि दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बनेको छ। यस क्षेत्रमा विश्वमा पाइने दुर्लभ चरामध्ये ६ प्रजातिका चराहरु पाइन्छन्।

images
images
images

रेसुंगा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको बासस्थान रहेको नेपाल पक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए। उनका अनुसार दुर्लभ प्रजातिका चरामध्ये रेसुंगा क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डंगर गिद्ध, सोतो गिद्द, सुन गिद्ध र गोमायो महाचिल छन्।

images
images

रेसुंगा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर पाइने परियोजना अधिकृत पन्थीले बताए। उनका अनुसार नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा रहेका छन्।

images
images

पक्षी संरक्षण संघले गरेकोे चरा गणनाअनुसार रेसुंगा क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका परियोजना अधिकृत पन्थीले जानकारी दिए।

जिल्लाका दुईवटा वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो अध्ययनअनुसार दुवै क्षेत्रमा गरी तीन सय पाँच प्रजातिका चरा भेटिएका भन्दै यो सङ्ख्या नेपालमा पाइने प्रजातिमध्येको ३५ प्रतिशत रहेको उनले बताए।

विश्वमा नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुंगा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको सरोकारवाला बताउँछन्। यो प्रजाति अति संकटापूर्ण अवस्थामा रहेकाले यसको बासस्थानलाई जोगाइराख्नुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन्।

पक्षी संरक्षण संघले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै आइरहेको छ। यस कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वनजंगलको संरक्षण र संवर्द्धनसँगै आर्थिकोपार्जनसँग जोडिने काम गरिरहेको छ। 

गुल्मीलाई भविष्यमा चरा पर्यटकका रुपमा विकास गर्नका लागि पनि वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहबाट आवश्यक सहयोग पुर्‍याउन रेसुंगा नगरपालिका सधैँ तयार रहेको नगर प्रमुख खिलध्वज पन्थीले बताए। दुर्लभ प्रजातिका चरा संरक्षणका लागि  मुख्य चुनौतीका रुपमा बासस्थान, खानेपानीको अभाव रहेको उनको भनाइ छ।

अतिरिक्त वन-डढेलो, विद्युतीय प्रसारण लाइन र वन्यजन्तु एवं चराचुरुंगीको अवैध सिकारलगायत कारणले दुर्लभ प्रजातिका चरा संरक्षण चुनौतीपूर्ण बन्दै गएको पक्षी संरक्षण संघले जनाएको छ। संघले विगत छ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ। रासस


प्रकाशित : शनिबार, चैत १७ २०८०१४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend