शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

प्रधानमन्त्रीको आश्वासन - बजेटमा महोत्तरीलाई प्राथमिकता

images
शनिबार, चैत १७ २०८०
images
प्रधानमन्त्रीको आश्वासन - बजेटमा महोत्तरीलाई प्राथमिकता

जलेश्वर-जनकपुर-ढल्केवर करिडोरको स्तरोन्नतिलगायतका विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्ने बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताएका छन्।

images
images
images

महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य संघ र राजनीतिक दल सम्मिलित प्रतिनिधिमण्डलसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटमा महोत्तरीलाई प्राथमिकतामा राख्ने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

images
images

जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र जलेश्वर-जनकपुर-ढल्केवर करिडोरको स्तरोन्नतिलगायतका विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार सुशासनलाई केन्द्रमा राखेर देशको विकासमा निरन्तर लागिपरेको स्पष्ट पारेका थिए। रासस

images
images


प्रकाशित : शनिबार, चैत १७ २०८०१३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend