शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

पूर्वी नाकाबाट चालु आवमा घट्यो पेट्रोलियम पदार्थको आयात, अघिल्लो वर्षभन्दा एक अर्बले कमी

images
शनिबार, चैत १७ २०८०
images
पूर्वी नाकाबाट चालु आवमा घट्यो पेट्रोलियम पदार्थको आयात, अघिल्लो वर्षभन्दा एक अर्बले कमी

चालु आर्थिक वर्षको आठ महिनामा १३ अर्ब ३३ करोड १६ लाख ३३ हजार रूपैयाँको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ।

images
images

झापा- अघिल्लो आवको तुलनामा चालु आवमा पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ।

images
images
images

काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ।

images
images

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा १३ अर्ब ३३ करोड १६ लाख ३३ हजार रूपैयाँको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६२ करोड ४३ हजार रूपैयाँ मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो ।

images
images

पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ। प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आव २०८०/०८१ को आठ महिनामा चार अर्ब ८७ करोड ६९ लाख ९६ हजारको ४५ हजार १ सय ४० रूपैयाँ किलोलिटर डिजेल आयात भएको छ। आव २०७९/०८० को सोही अवधिमा पाँच अर्ब ७३ करोड १८ लाख १७ हजारको डिजेल आयात भएको थियो।

पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ। रासस


प्रकाशित : शनिबार, चैत १७ २०८०११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend