शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सहकारी संस्थाहरू समस्याग्रस्त भएको भन्दै बचत सुरक्षित गर्न चितवनका बचतकर्ताको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १६ २०८०
images
सहकारी संस्थाहरू समस्याग्रस्त भएको भन्दै बचत सुरक्षित गर्न चितवनका बचतकर्ताको माग

सहकारी पीडित शालिग्राम दुवाडीले जनताको पैसा एउटा सञ्चालक वा व्यवस्थापकले अपचलन गरेर हिँड्दा जनताको उठीबास भएको बताए।

images
images

चितवन- चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन्।

images
images
images

नेपाली काङ्ग्रेस चितवनको सहकारी विभागले पूर्वी क्षेत्र रत्ननगर र पश्चिमी क्षेत्रको भरतपुरमा आयोजना गरेको सहकारी संस्थासम्बन्धी अन्तरक्रियाका वक्ताले सहकारी पीडितको पीडा सुन्ने निकाय नै मौन बस्दा पीडितका समस्या अझै बल्झिदै गएका बताए। 

images
images

पीडित बचतकर्ताले सहकारी कुन दिन बन्द हुन्छ भन्ने चिन्तामा आफूहरु रहेको बताए। उनीहरुले जिल्लामा नै केन्द्रीय कार्यालय भएर सञ्चालन भएका सहकारी केही हदसम्म जिम्मेवार बनेको भए पनि शाखाका रुपमा स्थापना भएका सहकारीलाई विश्वास गर्न नसक्ने वातावरण बनेको उल्लेख गरे।

images
images

सहकारी पीडित शालिग्राम दुवाडीले जनताको पैसा एउटा सञ्चालक वा व्यवस्थापकले अपचलन गरेर हिँड्दा जनताको उठीबास भएको बताए। एउटै व्यक्ति पटक पटक अध्यक्ष भइरहँदा समस्या आएको उनको भनाइ थियो। साहरा सहकारीले मात्रै ८५ करोड रुपैयाँ हिनामिना गरेको दुवाडीले आरोप लगाए। उनले भने, 'सहकारी पीडितको समस्या समाधान नभएसम्म जनताले सुःख पाउँदैनन्।' 

यसैगरी, अर्का पीडित तुलसीराम सापकोटाले समाज अहिले सहकारी पीडितको कुरामा केन्द्रित हुन नसकेको बताए। सहकारी पीडितका कुराको सुनवाइ नभएको उनको गुनासो थियो।

त्यस्तै सुरेशजङ्ग पाण्डेले शिव शिखर सहकारीमा ६८ करोड रुपैयाँ अपचलन भएको बताए। पछिल्लो समय चितवनलगायत देशैभर देखिएका बचत तथा ऋण सहकारी संस्थासम्बन्धी विविध समस्याको समाधान सरकारले तत्काल खोज्र्नुपर्ने उनले बताए।

कार्यक्रममा बिकु बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै सञ्चालकको मनपरीका कारण धेरै सहकारीमा समस्या देखिने गरेको बताए।

सहकारी संस्थाले सहकारीमा सङ्कलन भएकामध्ये ९० प्रतिशत रकम आफ्नो प्रयोजनमा खर्च गर्दा समस्या बढ्दै गएको जानकारी दिए। सहकारीलाई नियमन गर्ने निकाय नै कमजोर हुँदा सञ्चालक र ऋणीले मनपरी गर्ने गरेको उनको भनाइ थियो। रासस


प्रकाशित : शुक्रबार, चैत १६ २०८०१३:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend