सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

जुगल हिमशृङ्खलाअन्तर्गत दुई नयाँ हिमालमा पहिलो आरोहणको तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १६ २०८०
images
images
जुगल हिमशृङ्खलाअन्तर्गत दुई नयाँ हिमालमा पहिलो आरोहणको तयारी

जुगल-१ र जुगल-२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका हुन्। आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन्।

images
images
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोहणका लागि अन्तिम तयारी भइरहेको छ।
 
जुगल गाउँपालिकाको शिरमा रहेका जुगल-१ र जुगल-२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएको गाउँपालिका कार्यालयले जनाएको छ।
 
आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन्। नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यही चैत २३ देखि २०८१ बैशाख १५ गतेसम्म नेपाली र कोरियन पर्वतारोहीले गर्ने आरोहणको तयारी पूरा भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए।
 
विसं २०७५ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पोलेटब्यूरो सदस्य एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्रीलगायतको पहलकदमीमा पहिलोपटक जुगल हिमालको आरोहण सुरुवात गरिएको थियो।
 
त्यतिबेला पर्वतारोही माया गुरुङ, मिलन तामाङलगायत टोलीले सफलतापूर्वक हिमाल आरोहण गरेका थिए। रासस


प्रकाशित : शुक्रबार, चैत १६ २०८०१३:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend