सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

चैते झरीले हिलाम्य राजमार्ग, ३० मिनेटको दुरी पार गर्न तीन घण्टा

images
बिजनेस न्युज
images
images
चैते झरीले हिलाम्य राजमार्ग, ३० मिनेटको दुरी पार गर्न तीन घण्टा

मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले वर्षायामअघि सडकको नाली बनाउने योजना भए पनि नाली तयार नभइसकेकाले यो समस्या आएको बताए।

images
images

तनहुँ- तनहुँको भिमाद घर भइ दमौली बस्दै आएका राजेन्द्र अर्याललाई खैरेनीटारदेखि दमौली आइपुग्न तीन घण्टा लाग्यो। दुई दिनदेखि परेको झरीका कारण राजमार्ग हिलाम्य भएपछि २२ किलोमिटर दूरी छिचोल्न उनलाई तीन घण्टा लागेको हो। 

images
images
images

'झरीले राजमार्ग हिलाम्य छ। हिलाम्य राजमार्गमा सवारीसाधन फसेर निकैबेर जाममा बस्नुपर्‍यो' उनले भने।

images

खैरेनीटारदेखि थर्पुसम्मको खण्डमा बढी समस्या रहेको उनको भनाइ छ। मुग्लिन पोखरा सडक विस्तारका क्रममा ठाउँठाउँमा एकतर्फी कालोपत्रको काम अगाडि बढे पनि कालोपत्र नभएका ठाउँमा हिलो माटोले सवारीसाधन फस्दा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन्। 

images

खैरेनीटारमा व्यवसाय गर्दै आएका ज्ञानेन्द्र काफ्लेलाई दमौली आइपुग्न दुई घण्टाभन्दा बढी लाग्यो। हिलोका कारण गाडी फसेपछि बसबाट झर्न पनि मिलेन।

images
images

दुई दिनदेखि परेको वर्षाका कारण मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको कोत्रेदेखि आँबुखैरेनीसम्मको यात्रामा यात्रुले सास्ती भोग्नु परेको छ। विशेषगरी जामुनेदेखि कोत्रेसम्मको यात्रामा बढी समस्या छ। 

मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले वर्षायामअघि सडकको नाली बनाउने योजना भए पनि नाली तयार नभइसकेकाले यो समस्या आएको बताए।

पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ। मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार २० किमी खण्ड कालोपत्र भइसकेको छ। आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किमी दुईतर्फी र आठ किमी एकतर्फी खण्ड कालोपत्र सकिएको छ। 

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१ दशमलव ४५ किमी दूरीको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ बैशाखसम्म रहेको छ। 

पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म कालोपत्रको काम अगाडि बढेको छ। तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्रको काम भइरहेको छ। पोखरा खण्डमा कालोपत्र हुँदैछ।

पश्चिम खण्डमा हालसम्म छ किमी एकतर्फी सडक कालोपत्र भइसकेको छ। पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको काम सम्पन्न गर्ने मिति विसं २०८१ भदौसम्म छ। यो खण्ड सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको थियो। रासस

images

प्रकाशित : शुक्रबार, चैत १६ २०८००१:१७
प्रतिक्रिया दिनुहोस