सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

लगातार उकालो लाग्दै सुनको मूल्य, एकैदिन २ हजार १ सयले बढ्दा अहिलेसम्मकै उच्च

शुक्रबार, चैत १६ २०८०
लगातार उकालो लाग्दै सुनको मूल्य, एकैदिन २ हजार १ सयले बढ्दा अहिलेसम्मकै उच्च

बिहीबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार १ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।

काठमाडौं- स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो।

बिहीबार पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेकोमा शुक्रबार नै उक्त कीर्तीमानि मूल्यलाई उछिनिएको हो। बिहीबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार १ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज १ लाख २९ हजार ४ सय रुपैयाँ पुगेको छ।

यसअघि अघिल्लो साता चैत ८ मा सुन उच्च बिन्दुमा पुगेको थियो। सो दिन सुन प्रतितोला १ लाख २७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।  

यस्तै चाँदीको मूल्यसमेत वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार एक हजार पाँच सय २५ रुपैयाँ पुगेको छ। 


प्रकाशित : शुक्रबार, चैत १६ २०८०११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend