सोमबार, वैशाख १७ गते २०८१    
images
images

लगातार उकालो लाग्दै सुनको मूल्य, एकैदिन २ हजार १ सयले बढ्दा अहिलेसम्मकै उच्च

images
images
images
लगातार उकालो लाग्दै सुनको मूल्य, एकैदिन २ हजार १ सयले बढ्दा अहिलेसम्मकै उच्च

बिहीबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार १ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।

images
images

काठमाडौं- स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो।

images
images
images

बिहीबार पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेकोमा शुक्रबार नै उक्त कीर्तीमानि मूल्यलाई उछिनिएको हो। बिहीबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार १ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।

images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज १ लाख २९ हजार ४ सय रुपैयाँ पुगेको छ।

images

यसअघि अघिल्लो साता चैत ८ मा सुन उच्च बिन्दुमा पुगेको थियो। सो दिन सुन प्रतितोला १ लाख २७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।  

images
images

यस्तै चाँदीको मूल्यसमेत वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार एक हजार पाँच सय २५ रुपैयाँ पुगेको छ। 

images

प्रकाशित : शुक्रबार, चैत १६ २०८०११:५४

प्रतिक्रिया दिनुहोस