शनिबार, वैशाख १५ गते २०८१    
images
images

डेढ दशकदेखि च्याउखेतीमा जमेकी तुलसाले यसैबाट जोडिन् घरसम्पत्ति, चारजनालाई रोजगारी

images
images
images
डेढ दशकदेखि च्याउखेतीमा जमेकी तुलसाले यसैबाट जोडिन् घरसम्पत्ति, चारजनालाई रोजगारी

सानो माटोको कच्ची घर भाडामा लिएर च्याउ लगाउन सुरु गरेकी उनी अहिले यस क्षेत्रकै एक सफल महिला उद्यमीका रुपमा पनि परिचित छिन्। च्याउ उद्योगसमेत खोलेर यस व्यवसायबाट राम्रै आम्दानी गरिरहेकी उनले वार्षिक आठ लाख रूपैयाँजति बचत गर्ने गरेकी छिन्।

images
images

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका-६ मोतिपुरकी ५८ वर्षीया तुलसा बुढामगरले व्यावसायिक रुपमा च्याउ खेती थालेको डेढ दशकभन्दा बढी भयो। सामान्य लेखपढ बुढामगर आफू एक्लै च्याउखेतीमा रमाएको मात्र होइन कि उनले अहिले च्याउ उद्योग पनि खोलेकी छिन्।

images
images
images

उनले खोलेको सो उद्योगमा अहिले चार जनाले रोजगारी पनि पाएका छन्। यस व्यवसायबाट राम्रै आम्दानी गरेकी उनले वार्षिक आठ लाख रूपैयाँजति बचत गर्ने गरेको जानकारी पनि दिइन्।

images

सुरुमा एउटा महिला समूह गठन गरी सानो माटोको कच्ची घर भाडामा लिएर च्याउ लगाउन सुरुवात गरेको बताउने उनी अहिले यस क्षेत्रकै एक सफल महिला उद्यमीका रुपमा पनि परिचित भएकी छिन्। उनी भन्छिन्, 'यस खेतीबाट आर्थिकरुपमा सक्षम हुनुका साथै आत्मनिर्भर पनि बनेकी छु। अहिले राम्रै कमाइ हुन थालेपछि पहिलेभन्दा काम गर्ने जाँगर पनि बढेर आएको छ।'

images

च्याउ बिक्रीबाट हालसम्म बचत गरेको रकमबाट एक पक्की घर र केही सम्पत्ति जोड्न सफल भएको उनको भनाइ छ। 

images
images

एक सफल उद्यमी महिलाको रुपमा स्थापित भएकी उनले उत्पादन गर्ने ताजा च्याउबाट तयार गरीएको च्याउको अचार र सुकुटी दाङ तथा जिल्ला बाहिरका अन्य सहरसम्म पनि पुग्ने गरेको छ। च्याउ बाहिरी बजारसम्म पुग्ने गरेको र त्यसबाट राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ।

गत फागुनमा तुलसीपुरमा आयोजना गरिएको तुलसीपुर महोत्सवमा उनले एउटा स्टल भाडामा लिएर आफूले उत्पादन गरेका च्याउ र च्याउका परिकार तथा अन्य अर्गानिक तरकारी, सिस्नोको झोल, तरुल आदि राखेकी थिइन् यस्ता स्थानीय मेला महोत्सवहरुमा अहिले पहिलेका तुलनामा मानिसहरुले यस्तै मौलिक तथा स्थानीय उत्पादन नै खोज्ने गरकाले आफू र आफूजस्ता अन्य उद्यमी उत्साही हुने गरेको उनले बताइन्। 

उनी भन्छिन्, 'अहिले म निकै खुसी छु। दुई हप्तायता च्याउ र यसका परिकारहरु खरिद गर्ने मानिसको सङ्ख्या निकै बढेकाले आनन्द आएको छ। अबको चाहना आफ्ना उत्पादनहरु अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने रहेको छ। मलाई लाग्छ यस कार्यमा पनि हामी सफल हुन्छौँ होला।'

उनले ताजा च्याउ प्रतिकेजी २ सय २० रूपैयाँसम्म, च्याउको सुकुटी प्रतिकेजी तीन सयदेखि ३ सय ८० सम्म र अचार प्रतिकेजी पाँचदेखि छ सयसम्ममा बिक्री गर्दै आएकी छिन्। सुरुका दुई वर्षमा गङगामाला च्याउ समूह खोलेर च्याउखेतीको सुरुवात गरेकी उनले अहिले आफ्नै च्याउ प्रशोसन केन्द्रसमेत सञ्चालन गरेकी छिन्।

करिब तीन लाख रूपैयाँबाट निजी च्याउ उद्योग थालेको बताउने उनले हालसम्म च्याउखेतीबाटै एक करोड रूपैयाँ बराबरको पक्की घर खरिद गर्नुका साथै च्याउखेतीका लागि आवश्यक पर्ने सामग्री जोडेकी छिन्।

त्यसैगरी उनलाई उत्कृष्ट महिला उद्यमीका रुपमा साना तथा मझौला उद्योगबाट निःशुल्क च्याउ प्रशोधन मेसिन प्राप्त गरेकी छिन्। उनले १४ वर्षसम्म महिला स्वास्थ्य स्वयम्सेविका भएर पनि काम गरेकी थिइन्। यसैक्रममा जिल्ला भ्रमणमा गएका बेला चितवनमा च्याउखेती देखेपछि यसतर्फ आकर्षित भएको बताउँछिन्। दुई सन्तानकी आमा, सामान्य लेखपढ तुलसालाई उनका श्रीमानको राम्रो सहयोग छ।

उनले जिल्ला तथा केन्द्रीयस्तरका धेरै पुरस्कार समेत प्राप्त गरिसकेकी छिन्। गत वर्षपनि उनलाई तुलसीपुर उपमहानगरपालिले उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत गरेको थियो।

च्याउ खेती नेपालजस्ता देशका लागि उचित रहेको उनको अनुभव छ। धेरै कडा परिश्रम पनि गर्न नपर्ने र स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक मानिने च्याउको खेती नेपालमा उचित रहेको उनको अनुभव छ। त्यसैले पनि नेपालमा च्याउन किसान खासै मर्कामा नपरेका र च्याउ तथा च्याउको परिकार नेपाली बजारमा लोकप्रिय रहेको उनको भनाइ छ।

नेपालमै केही गर्न सकेमा ठूलो सङ्ख्याका युवा तथा युवती विदेश पलायन हुन नपर्ने उनको धारणा छ। पछिल्लो समयमा रोजगारीका लागि भन्दै दिनहुँ विदेश जाने नेपाली युवाको सङ्ख्या बढ्दै गएकोप्रति उनी खुशी छैनन्।

उनी भन्छिन्, 'पछिल्ला वर्षहरुमा धेरै महिला तथा पुरुष बेरोजगार भयौँ भन्दै विदेश जानुहुन्छ। दिनहुँ हजारौँको सङ्ख्यामा युवा विदेशिएका समाचारहरु सुन्ने गरेको पनि छु। तर यो गलत हो। वास्तवमा आफनै गाउँ ठाउँमा प्रसस्त अवसर छन्। हामीले ती अवसरबाट लाभ लिन सक्नुपर्छ। मैले नै राम्ररी कमाइ गरेकि छु भने अरु नेपालीले किन गर्न नसक्ने?'

उनले नेपालका धेरै ठाउँमा च्याउ खेती गरेर मनग्य आम्दानी गर्न सकिने अनुभव पनि सुनाइन्। त्यसैले विदेश जानुको सट्टा थोरै लगानी र केही मेहनत गरेर नेपालमै च्याउ खेती गर्न सकिने उनको सुझाव छ।

अहिले नेपालको मलिलो जमिन बाँझै छोडेर युवाहरु विदेशिएकाले सरकारले पनि कृषिसम्बन्धी यस्तै कार्यक्रमहरु ल्याएर नेपाली युवालाई रोजगार बनाइ स्वदेशमै रोक्नुपर्ने सुझाव दिन्छिन्। रासस

images

प्रकाशित : बिहीबार , चैत १५ २०८००५:५३

प्रतिक्रिया दिनुहोस