शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एमडीएमएस खरिदमा भ्रष्टाचार भएको भन्दै दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा

images
बिहीबार , चैत १५ २०८०
images
एमडीएमएस खरिदमा भ्रष्टाचार भएको भन्दै दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा

उनीहरूविरूद्ध ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

images
images

काठमाडौं- मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  दूरसञ्चार प्राधिकरणका दुईजना पूर्वअध्यक्षसहित १९ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

images
images
images

उनीहरूविरूद्ध ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

images
images

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाल, बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा

images
images

सहायक निर्देशक रेवती राम पन्थ, सहायक निर्देशक सन्दिप अधिकारी, सहायक निर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइरालाविरूद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको हो।


प्रकाशित : बिहीबार , चैत १५ २०८०१६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend