बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट-अफ-द-आर्ट’ सोरुम

images
मंगलबार, मंसिर २८ २०७८
images
images
बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट-अफ-द-आर्ट’ सोरुम

रोडवेज लाइफस्टाइलले पश्चिम नेपालमा स्कोडाको बिक्री र बिक्रीपछिको सेवाको जिम्मेबारी पाएको हो। 

images
images

काठमाडौं- नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट-अफ-द-आर्ट थ्री एस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ। रोडवेज लाइफस्टाइलले पश्चिम नेपालमा स्कोडाको बिक्री र बिक्रीपछिको सेवाको जिम्मेबारी पाएको हो। 

images
images
images

नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लू स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ। एमएडब्लूले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो। 

images
images

स्कोडाको नयाँ सोरुमको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री अजय शाही र एमएडब्लू स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका हुन्। 

images
images
images

‘हामी हाम्रो ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभुत गर्न प्रतिबद्ध छौं, एमएडब्लू स्कोडाका रौनक अग्रवालले भने, ‘उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बुटबलमा नयाँ स्टेट-अफ-द-आर्ट स्कोडा सोरुम ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ।’ यो फेसिलिटीले पश्चिम नेपालमा स्कोडाको उपस्थितिलाई झनै बलियो बनाउने विश्वास उनले व्यक्त गरे। 

उद्घाटनपछि प्रदेशमन्त्री अजय शाहीले स्कोडा बुक गरेका ग्राहकहरुलाई साँचो हस्तान्तरण गरेका थिए। स्कोडाको नयाँ डिलर रोडवेज लाइफस्टाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्दैछ। 

यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने छन्। हाल पोेखरा, नारायणघाट, विराटनगर, वीरगञ्ज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको छ। 


प्रकाशित : मंगलबार, मंसिर २८ २०७८१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend