सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

तनहुँका स्थानीय तहलाई एक अर्ब १० करोड अनुदान

images
बिहीबार , चैत १५ २०८०
images
images
तनहुँका स्थानीय तहलाई एक अर्ब १० करोड अनुदान

तनहुँलाई आगामी आर्थिक वर्षमा प्राप्त हुने अनुदान रकम चालु आवको तुलनामा नौ करोड ९९ लाख रूपैयाँ बढी हो।

images
images

दमौली- तनहुँका स्थानीय तहलाई संघीय सरकारका तर्फबाट एक अर्ब दश करोड रूपैयाँभन्दा बढी वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएको छ। 

images
images

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम तनहुँका चार नगरपालिका र छ गाउँपालिकालाई एक अर्ब १० करोड ५७ लाख रूपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त हुन लागेको हो।

images
images

आयोगले आर्थिक वर्ष २०८१/८२ का लागि नेपालको संविधान र प्रचलित कानूनबमोजिम संघीय सञ्चित कोषबाट प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समनीकरण अनुदान सम्बन्धमा सरकारलाई सिफारिस गरेको जनाएको छ।

images
images
images

तनहुँलाई आगामी आर्थिक वर्षमा प्राप्त हुने अनुदान रकम चालु आवको तुलनामा नौ करोड ९९ लाख रूपैयाँ बढी हो। चालु आवमा जिल्लालाई एक अर्ब ५८ लाख रूपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त भएको थियो।

आयोगका अनुसार तनहुँको भानु नगरपालिकाले १३ करोड ६१ लाख रूपैयाँ प्राप्त गर्नेछ। व्यास नगरपालिकाले १८ करोड नौ लाख रूपैयाँ, म्याग्दे गाउँपालिकाले नौ करोड ४८ लाख रूपैयाँ, शुक्लागण्डकी नगरपालिकाले १४ करोड ४६ लाख रूपैयाँ, भिमाद नगरपालिकाले १० करोड ९७ लाख रूपैयाँ, घिरिङ गाउँपालिकाले आठ करोड ४१ लाख रूपैयाँ, ऋषिङ गाउँपालिकाले  नौ करोड ६१ लाख, देवघाट गाउँपालिकाले आठ करोड ७० लाख, बन्दीपुर गाउँपालिकाले आठ करोड ७० लाख र आँबुखैरेनी गाउँपालिकाले नौ करोड ४१ लाख रूपैयाँ अनुदान पाउनेछन्।

आयोगले गरेको मूल्यांकनमा यस वर्ष भिमाद नगरपालिका धेरै अंक प्राप्त गरी प्रथम भएको छ। भिमादले ४१ दशमलव ७६ प्रतिशत अंक प्राप्त गरेको हो। सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांकसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो। कार्यसम्पादन मूल्यांकनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरिएको छ।

समयमै बजेट पेस गरे-नगरेको, असार मसान्तभित्र बजेट पास गरे-नगरेको, राजस्व बाँडफाँट गरे-नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेस गरे-नगरेको विषयलाई सूचकमा समावेश गरिएको थियो।

यस्तै आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे-नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्यालगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो।

दश स्थानीय तहमध्ये भिमाद प्रथम हुन सफल भएको छ भने देवघाट गाउँपालिका कमजोर अवस्थामा छ। देवघाट गाउँपालिकाले १६ दशमलव ३७ प्रतिशत अंक प्राप्त गरेको छ।

यसैगरी भानु नगरपालिकाले २९ दशमलव ६२, व्यास नगरपालिकाले ३४ दशमलव ९९, म्याग्दे गाउँपालिकाले २४ दशमलव ५२, शुक्लागण्डकी नगरपालिकाले २९ दशमलव २६, घिरिङ गाउँपालिकाले १८ दशमलव ७६, ऋषिङ गाउँपालिकाले ३४ दशमलव शून्य एक, बन्दीपुर गाउँपालिकाले २४ दशमलव ६८ र आँबुखैरेनी गाउँपालिकाले ३५ दशमलव ६८ प्रतिशत अंक प्राप्त गरेको छ। रासस


प्रकाशित : बिहीबार , चैत १५ २०८०१६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend