सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

वर्षाका कारण राजमार्ग विस्तारको काम प्रभावित, सडक हिलाम्मे हुँदा यातायात असहज

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १५ २०८०
images
images
वर्षाका कारण राजमार्ग विस्तारको काम प्रभावित, सडक हिलाम्मे हुँदा यातायात असहज

घाम लाग्दा सडक धुलाम्मे र वर्षा हुँदा हिलाम्मे हुँदा यातायात सञ्चालनमा असहज भएको छ। दैनिकजसो भइरहेको वर्षाका कारण ट्राफिक व्यवस्थापनमा पनि समस्या निम्तिएको जनाइएको छ।

images
images

गण्डकी- वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिन सडक विस्तारको काम प्रभावित बनेको छ। वर्षाले तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रको काम रोकिएको छ। 

images
images

पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेशप्रसाद पौडेलले भने, 'दुई किलोमिटर क्षेत्रमा प्राइमर बिछ्याइसकिएको थियो, वर्षा भइरहेका कारण कालोपत्रको काम रोकिएको छ।' वर्षाकै कारण काम दुई हप्ता पछाडि धकेलिएको र अन्य पूर्वाधारका काम पनि प्रभावित भएको उनको भनाइ छ।  

images
images

आयोजना प्रमुख पौडेलले आगामी असारभित्र ३० प्रतिशत प्रगति हासिल गर्ने लक्ष्यसहित कामलाई गति दिइएको बताए। पाँच सयभन्दा बढी मजदुर निर्माणमा खटिएका छन्।

images
images
images

सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार तयारीको काम भइरहेको छ। कुनै अवरोध नआएमा आगामी दुई वर्षभित्र आयोजनाको काम सम्पन्न हुने उनले बताए। 

तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८ दशमलव ८८ किमी दूरी रहेको पश्चिम खण्डको आधा क्षेत्र पाँच लेन र आधा जति चार लेनको बन्ने आयोजना प्रमुख पौडेलले जानकारी दिए। हाल सडक विस्तार भइरहेकाले प्रदेश राजधानी पोखरा छिर्ने मुख्य सडकको यात्रामा सर्वसाधारण सास्ती खेप्न बाध्य छन्।  

घाम लाग्दा सडक धुलाम्मे र वर्षा हुँदा हिलाम्मे हुँदा यातायात सञ्चालनमा असहज भएको छ। दैनिकजसो भइरहेको वर्षाका कारण ट्राफिक व्यवस्थापनमा पनि समस्या निम्तिएको जनाइएको छ।

आयोजनाको पूर्वी खण्डमा पनि वर्षाका कारण सडक विस्तार र कालोपत्रको काम प्रभावित भएको छ। एकचालीस दशमलव ४५ किलोमिटर दूरीको पूर्वी खण्डमा हालसम्म ५१ प्रतिशत  प्रगति भएको इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए।

एसियाली विकास बैंकको सहयोगमा पोखरा-मुग्लिन सडक विस्तारको काम भइरहेको छ। कुल ८१ किमि दूरीको उक्त सडकको पश्चिम खण्डमा पोखरा-जामुने र पूर्वी खण्डमा जामुनेदेखि मुग्लिनसम्मको सडक पर्छ। रासस


प्रकाशित : बिहीबार , चैत १५ २०८०१६:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend