सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

सुरू भयो मह शिकार, यसरी निकालिन्छ भीरमौरीको मह (भिडियो)

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १५ २०८०
images
images
सुरू भयो मह शिकार, यसरी निकालिन्छ भीरमौरीको मह (भिडियो)

वसन्त र शरद् ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त ऋतुमा बेँसी र शरद्‍मा लेकमा पुगेर भीरमह निकाल्न उपयुक्त समय हो।

images
images

म्याग्दी- म्याग्दीका भीर पहरामा मह शिकार सुरु भएको छ। अन्नपूर्ण, रघुगंगा र धवलागिरि गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो। 

images
images

अन्नपूर्ण गाउँपालिका-७ टिकोटका मह शिकारी दीपक पुनले मह शिकारका लागि दोसल्ले भीर आएको बताए। 'बेँसीका भीरबाट सुरु हुने मह शिकार गर्दै असारमा लेकको पहाडमा पुग्छौँ', उनले भने, 'सातजनाको समूह मह शिकारका लागि निक्लिएका छौँ।'     
     
मह शिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भीरमा झुण्डिएर मह निकाल्ने गर्दछन्।

images
images

भीरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ। भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरी (पराङ) मा झुन्डिएर मह शिकार गर्ने गर्दछन्।     
     
वसन्त र शरद् ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त ऋतुमा बेँसी र शरद्‍मा लेकमा पुगेर भीरमह निकाल्न उपयुक्त समय हो।

images
images
images

दोसल्लेको भीरमा तीन दिनदेखि मह शिकार गरेको दीपकको समूहले ४० लिटर मह निकालेका छन्। प्रतिलिटर तीन हजार पाँच सय रुपैयाँका दरले भीरमह बिक्री हुने गर्छ।

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन्। एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन्।     
     
महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्। धुवाँ लगाइदिएपछि मौरी भाग्छन्। त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्‍याउनु पर्छ।

जब परङमार्फत गएका शिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै शिकारी रूख र ओडारमा लुक्छन्। माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ।

मुख्य शिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ। स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवर्द्धक हुनाका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भीरमहको माग बढेको छ। रासस 

हेर्नुहोस् भिडियो- यसरी निकालिन्छ भीरमह


प्रकाशित : बिहीबार , चैत १५ २०८०१३:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend