शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपालतर्फ हिँड्यो 'दीपल एस ०७', आइतबार सार्वजनिक हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १५ २०८०
images
images
नेपालतर्फ हिँड्यो 'दीपल एस ०७', आइतबार सार्वजनिक हुने

६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो एसयूभीले एक पटकको फुल चार्जमा ४ सय ८५ किलोमिटर (एनईडीसी) रेन्ज दिनेछ।

images

काठमाडौं- आकर्ष डिजाइनसहितको दीपल एस ०७ विद्युतीय एसयूभी आइतबार नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक हुने भएको छ। एमएडब्लू समूहले नेपाल भित्र्याएको चांगनको सब ब्रान्ड दीपल एस ०७ र नक्सालमा बनेको शोरुममा आइतबार सार्वजनिक हुन लागेको हो। 

images
images

वेलकम सिटसहित यो विद्युतीय एसयूभीमा अत्याधुनिक विशेषता रहेको छ। रेयरसिटमा पनि टच स्क्रिन दिएकाले एसीलगायत नियन्त्रणका लागि सहज हुनेछ। यो एसयूभीमा रहेको इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टमले रोडमा भएको साइन र अवस्थाबारे जानकारी दिनेछ। 

images

५ सय ४५ लिटर बुटस्पेस रहेको दीपल एस०७ मा इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज गरि ४ ड्राइभिङ मोड रहेका छन्। 

६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो एसयूभीले एक पटकको फुल चार्जमा ४ सय ८५ किलोमिटर (एनईडीसी) रेन्ज दिनेछ। 

images

चांगन न्यूइनर्जी अटोमोबाइलका रुपमा २००८ मा स्थापना भएको यो कम्पनी २०२३ मा दीपल ब्रान्ड नेममा लक्जरी ईभी ब्रान्डको रुपमा पुनर्परिभाषित भएको हो। आधुनिक प्रविधिका लागि दीपलले चिनियाँ प्रविधि कम्पनी हुवावे र ब्याट्रीका लागि सीएटीएससँग साझेदारी गरेको छ। सीएटीएस संसारको सबैभन्दा ठूलो विद्युतीय सवारीको ब्याट्री उत्पादक कम्पनी हो। 

deepal2.jpg

दीपलका हाल एल ०७ सेडान, एस ०७ एसयूभी र जी ३१० सिरिजको हाइब्रिड अफरोड एसयूभी रहेका छन्। सार्वजनिक भएको १४ महिनामै दीपलले १ लाख कार चीनमा बिक्री गरेको हो।

त्यसैले दीपल चीनको पछिल्लो समयको सबैभन्दा छिटो विस्तार हुने सवारी ब्रान्डका रुपमा स्थापित भएको छ। यसका साथै एल ०७ चीनमा सार्वजनिक भएको ३३ मिनेटमै १० हजार बुकिङ पुगेको रेडकर्ड समेत कायम गरेको थियो। 

२०२४ मा दीपलले विश्वभर ४ लाख ५० हजार विद्युतीय कार बिक्री गर्ने लक्ष्य लिएको छ। कम्पनीले आगामी ३ वर्षमा ६ नयाँ उत्पादन सार्वजनिक गर्ने बताएको छ। २०२५ मा चांगनले वार्षिक १५ लाख सवारी बिक्री गर्ने योजना बनाएकोमा यसको प्रमुख हिस्सा दीपलको हुनेछ। 

एमएडब्लू समूहले नेपाल ल्याएको दीपलको मूल्य औपचारिक रुपमा सार्वजनिक भएको छैन। यसको मूल्य ७० लाखभन्दा माथि पर्ने अनुमान गरिएको छ। 


प्रकाशित : बिहीबार , चैत १५ २०८०१२:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend