शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट तीनजना पक्राउ

images
बिहीबार , चैत १५ २०८०
images
विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट तीनजना पक्राउ

त्रिभुवन विमानस्थलमा चेकिङका क्रममा उनीहरुको ह्यान्ड ब्यागमा भारतीय रकम, अमेरिकी र क्यानेडियन डलर फेला परेको छ।

images
images

काठमाडौं- अवैधरुपमा विदेश लैजान लागिएका विदेशी मुद्दासहित तीन जना पक्राउ परेका छन्।

images
images
images

नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र नेपाली नागरिक ७२ वर्षीया नग्‍वाङ पाल्मु लामालाई प्रहरीले बुधबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।

images
images

इण्डिगो एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै क्यानडा जान लागेका उनीहरूलाई त्रिभुवन विमानस्थलमा चेकिङ गर्ने क्रममा ह्यान्ड ब्यागमा विभिन्न दरका गरी २७ हजार ४ सय २८ अमेरिकी डलर, १ हजार ४ सय ८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५५ हजार फेला पारी तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

images
images

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइने प्रहरीले जनाएको छ।

 


प्रकाशित : बिहीबार , चैत १५ २०८०१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend