शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

किसानलाई कृषि प्रविधि सिकाउन नमुना खेती

images
बिहीबार , चैत १५ २०८०
images
किसानलाई कृषि प्रविधि सिकाउन नमुना खेती
फाइल तस्बिर

किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाका चार पालिकामा नमुना खेती गरिएको हो।

images
images

बनियानी- झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती गरिएको छ। किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाका चार वटा पालिकामा नमुना खेती गरिएको कृषि ज्ञानकेन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए।

images
images
images

गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा ट्रेमा धानको बीउ उमारेर र धान मेसिनले रोपाइँ गरेर नमुना खेती गरिएको हो। २५ जना किसानको ७० बिघा जमिनमा ‘चैते धान-५’ जातको चैते धानको नमुना खेती गरिएको उनले बताए।

images
images

'किसानलाई प्रविधि चिनाउँदै प्रविधियुक्त खेतीमा प्रोत्साहित गराउने उद्देश्य हो', उनले भने, 'बीउ राख्न ट्रे र धान रोप्ने मेसिन निःशुल्क उपलब्ध गराइएको छ।' सहकारीको मेसिन भाडामा लिएर रोपाइँ गरिएको उनले बताए।

images
images

मेसिनले चार हजार पाँचसय रूपैयाँमा एक बिघा धान रोपाइँ गर्ने तर खेताला लगाएर रोपाइँ गर्दा नौ हजार रूपैयाँभन्दा बढी खर्च हुने निमित्त प्रमुख विष्टले जानकारी दिए। बीउ उखेल्ने र रोपाइँ गरेर करिब १५ हजारदेखि २० हजार रूपैयाँ बचत हुने उनले बताए। मेसिनले रोप्दा पाँचदेखि १० प्रतिशत उत्पादन वृद्धि हुने उनको दाबी छ।

उत्पादन भएको चैते धान न्यूनतम रू नौ सय प्रतिमन (४० केजी) का दरले खरिद गर्ने निश्चित भएको निमित्त प्रमुख सागर विष्टले जानकारी दिए। नमुना खेतीका लागि ज्ञान केन्द्रको १० लाख रूपैयाँ खर्च भएको छ। झापामा किसानले ‘ड्रम सिडर मेसिन’ प्रयोग गरेर छरुवा प्रविधिबाट चैते धान लगाएका छन्। रासस


प्रकाशित : बिहीबार , चैत १५ २०८०११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend