शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हुम्लामा आयो पोषणयुक्त चामल

images
बिहीबार , चैत १५ २०८०
images
हुम्लामा आयो पोषणयुक्त चामल

पैदल र हवाइमार्गबाट ल्याइएको २३ सय ४० क्विन्टल पोषणयुक्त चामल बिक्री भइरहेको खाद्यव्यवस्थाले जनाएको छ।

images
images

सिमकोट- हुम्लामा २३ सय ४० क्विन्टल पोषणयुक्त चामल ल्याइएको छ। पैदल र हवाइमार्गबाट ल्याइएको चामल बिक्री भइरहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका नायब सुब्बा नवीनप्रसाद आर्चायले बताए।

images
images
images

खाद्य संस्था शाखाको गोदाम सिमकोटमा आइपुगेकामध्ये आठ सय ९० क्विन्टल चामल बिक्री भएको उनले बताए। जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको वितरण केन्द्रबाट एक सय सात र श्रीनगर वितरण केन्द्रबाट दुई सय क्विन्टल चामल बिक्री भएको उनले जानकारी दिए। चामलमा आठ प्रकारका पौष्टिक तत्व मिसाइएको छ।

images
images

यसैबीच, हुम्लाका निम्ति छुट्याइएको १४ हजार क्विन्टल चामल पनि ढुवानी भइरहेको उनले बताए। पौष्टिक तत्व प्रयोग नगरिएको यसअघि ढुवानी हुँदै आएको नियमित कोटाको आठ हजार पाँच सय क्विन्टल चामल हवाइमार्गबाट ल्याइएको छ। रासस

images
images


प्रकाशित : बिहीबार , चैत १५ २०८०११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend