सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

४३ लाख लागतको काहुले खानेपानी आयोजना सम्पन्न, दुईसयभन्दा बढी उपभोक्ता लाभान्वित

images
बिहीबार , चैत १५ २०८०
images
images
४३ लाख लागतको काहुले खानेपानी आयोजना सम्पन्न, दुईसयभन्दा बढी उपभोक्ता लाभान्वित

उक्त खानेपानी आयोजनाबाट त्यस क्षेत्रका दुईसय ६० जनाभन्दा बढी स्थानीय उपभोक्ता लाभान्वित भएका छन्।

images
images

गोरखा- गोरखाको सहिदलखन गाउँपालिका-५, स्थित काहुलेमा ४३ लाख ९४ हजार रूपैयाँको लागतमा सोलार लिफ्टिङ खानेपानी आयोजना  सम्पन्न भएको छ।

images
images

लामो समयदेखि खानेपानी चर्को अभाव झेल्दै आएका काहुलेका स्थानीयवासीका लागि स्वच्छ खानेपानीको सुविधा पुर्‍याउने उद्देश्यले खानेपानी आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए।

images
images

'आयोजना निर्माण गर्न गाउँपालिकाकोतर्फबाट १८ लाख ९४ हजार रूपैयाँ खर्च भएको छ', उनले भने, 'त्यसबाहेक साझेदार संस्था ‘रिन्युएबल वल्ड नेपाल’ नामक संस्थाले पनि आयोजना निर्माणका लागि २५ लाख रूपैयाँ खर्च गरेको छ।'

images
images
images

उक्त खानेपानी आयोजनाबाट त्यस क्षेत्रका दुईसय ६० जनाभन्दा बढी स्थानीय उपभोक्ता लाभान्वित भएका छन्।

'घर आँगनमै धारा बनेपछि ग्रागी बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता हटेको छ, स्थानीयवासी शान्ति रानमगरले भनिन्, 'अब पानी लिन जानुपर्ने समयमा  अन्य काम गर्न सहज भएको छ।' रासस


प्रकाशित : बिहीबार , चैत १५ २०८०११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend