बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

सुरू भयो यस वर्षको एसईई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी परीक्षामा सहभागी हुँदै

images
बिहीबार , चैत १५ २०८०
images
images
सुरू भयो यस वर्षको एसईई, ५ लाख ४ हजार ४ सय  १४ विद्यार्थी परीक्षामा सहभागी हुँदै

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू भएको छ। परीक्षामा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन्। जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् ।

images
images

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू भएको छ। परीक्षामा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन्।

images
images
images

जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् ।

images

तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ। यो वर्ष परीक्षा दिने विद्यार्थी गत वर्षको भन्दा कम हो। बोर्डका अनुसार गत वर्षको तुलनामा १२ हजारभन्दाले बढीले कम हो।

images
images
images

बोर्डका अनुसार  देशभरका २ हजार ६४ केन्द्रमा परीक्षा हुँदैछ। यस्तै विदेशस्थित एक मात्र परीक्षा केन्द्र जापानमा गैरआवासीय नेपालीले सञ्चालन गरेको एभरेस्ट इन्टरनेसनल विद्यालयका २३ विद्यार्थी पनि सहभागी हुँदै छन्। उक्त विद्यालयबाट परीक्षा दिने यो तेस्रो ब्याच हो। त्यहाँ अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

२७ सम्म हुने परीक्षामा सामुदायिक र निजी गरी १० हजार ८ सय ६ विद्यालयका परीक्षार्थी एसईईमा सहभागी हुँदै छन्। यसपटक नयाँ पाठ्यक्रमका आधारमा एसईई परीक्षा सञ्चालन हुन लागेको बोर्डले जनाएको छ। परीक्षार्थीको मूल्यांकनसमेत नयाँ लेटरग्रेडिङ पद्धतिअनुसार हुने बोर्डको भनाई छ।

 परीक्षाको मूल्यांकन र नतिजा प्रकाशनमा पनि यो वर्षदेखि नयाँ लेटर ग्रेडिङ लागू हुँदै छ। जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजामा ननग्रेडिङमा पर्नेछन।

दुई विषयसम्म ननग्रेडिङमा परे ग्रेडवृद्धि परीक्षा दिन पाइने र सोभन्दा बढीमा ननग्रेड भए अर्को वर्ष पुनः परीक्षा दिनुपर्ने व्यवस्था छ।

बोर्डले परीक्षालाई मर्यादित, स्वच्छ, व्यवस्थित, भयरहित र शान्तिपूर्ण बनाउन सरोकारवालाहरूसँग अपिलसमेत गरेको छ।

७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक सहयोगी, कर्मचारी र सुरक्षाकर्मी गरी ७७ हजार ५ सय ५ जना जनशक्ति परिचालन हुँदै छन्। अनिवार्य विषयका प्रश्नपत्र ७ वटै प्रदेशमा फरकरफरक हुनेछन् ।


प्रकाशित : बिहीबार , चैत १५ २०८००७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend