आइतबार, भदौ २३ गते २०८१    
images
images

विश्लेषक भन्छन्- उतारचढावकै बीच सेयर बजार अब बढ्छ, तर कम्पनी छनोटमा ध्यान पुर्‍याउनुपर्छ

images
मंगलबार, मंसिर २८ २०७८
images
images
विश्लेषक भन्छन्- उतारचढावकै बीच सेयर बजार अब बढ्छ, तर कम्पनी छनोटमा ध्यान पुर्‍याउनुपर्छ
images
images

काठमाडौं- मौद्रिक नीतिको समीक्षापछि लगातार गिरावट आएको सेयर बजारमा मंगलबार भने ६.०१ प्रतिशतले बढेर कारोबार नै बन्द भएको छ। मंगलबार १३७.१८ अंकले बजार बढेर २४१८.८५ बिन्दुमा पुगेको छ। 

images
images
images

मौद्रिक नीतिको समीक्षा अघिसम्म बजार २७३१.७८ मा रोकिएको थियो। त्यसपछि बजार निरन्तर घटेर २३६१.२७ मा झरेको थियो। 

मंगलबार कारोबार सुरु भएको १ घण्टा ३८ मिनेटमा बजार ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबार रोकिएको थियो। पुनः १ बजेर १८ मिनेटमा कारोबार सुरु भएको थियो। तर कारोबार सुरु भएको ८ मिनेटमै बजार सम्रगमा ६ प्रतिशतले बढेर मंगलबारको लागि कारोबार नै बन्द भएको छ।

बजार बढ्नु स्वभाविक नै भएको विश्लेषकहरूको भनाइ छ। उनीहरूका अनुसार यसअघि बजारमा नकारात्मक प्रचार बढी हुँदा घटिरहेको थियो। बजार घट्ने आधार नहुँदै घटेको भन्दै विश्लेषकहरूले लगानीकर्तालाई धैर्यता लिन आग्रह गरिरहेका थिए। 

images

विश्लेषक विष्णु बस्यालले सेयर बजार २३०० देखि २३७० भन्दा तल नजाने र त्यसपछि बढ्ने बताउँदै आइरहेका थिए। उनले अबको दिनमा केही उतरचढाव देखिए पनि बजारले नयाँ अंकको रेकर्ड बनाउने दाबी गरेका छन्।

विश्लेषक छोटेलाल रौनियार र अम्बिका प्रसाद पौडेलले पनि बजारले नयाँ अंकको रेकर्ड लिने बताउँदै आएका छन्। तर लगानीकर्ताले राम्रो कम्पनी हेरेर खरिद बिक्री गर्नु पर्ने विश्लेषकहरूको भनाइ छ।

'बजार अब घट्दा नै पनि २२ सय अंकभन्दा तल झर्दैन। अब बजार जसरी पनि बढ्ने हो। बुलिस ट्रेण्ड सकिएको छैन' विश्लेषक विष्णु बस्यालले भने। 

विश्लेषक छोटेलाल रौनियार सेयर बजारमा राम्रो सम्भावना रहेको र पुँजी बजारको विकास तथा विस्तारमा सबै लगानिकर्ता एकजुट भएर बजार अनुकूल हुँदा आवेशमा नआउने र प्रतिकूल हुँदा धैर्यता अपनाउनुपर्ने बताउँछन्। 

मंगलबार १८८ कम्‍पनी सबैमा हरियाली छाएको छ। जहाँ १ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ।

मंगलबार ४३ कम्पनीको १० प्रतिशतले ३ कम्पनीको ९.९९ प्रतिशतले वृद्धि भएको छ। यस्तै २४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। १४ कम्पनीको ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। २५ कम्पनीको ७ प्रतिशतभन्दा बढीले बढेको छ।

मंगलबार कारोबार सुरु भएको दुई घण्टामा नै बजार ५.०१ प्रतिशले बढेपछि बजार ४० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि बजार खुलेको ८ मिनेटमा नै पोजिटिभ सर्किट लागेको हो।

यसअघि सोमबारको बजार ७९.२३ अंकले घटेर बन्द भएको थियो। सोमबार बजार २२८१.६७ बिन्दुमा झरेको थियो। त्यसअघि बजार आइतबार ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा रोकिएको थियो।


प्रकाशित : मंगलबार, मंसिर २८ २०७८०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend