शनिबार, वैशाख १५ गते २०८१    
images
images

गृहमन्त्री भन्छन् - रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षाको चुनौती आए बन्द गरिन्छ

images
images
images
गृहमन्त्री भन्छन् - रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षाको चुनौती आए बन्द गरिन्छ

रात्रिकालीन व्यवसायमार्फत पर्यटकले थप सेवा सुविधा पाउने, रोजगार बढ्ने, सहर चलायमान बन्ने अपेक्षाका साथ रात्रिकालीन व्यवसायमा जोड दिइएको गृहमन्त्री रवि लामिछानेले उनले उल्लेख गरे।

images
images

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल लगायतका पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन्।

images
images
images

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायतका स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए। रात्रिकालीन व्यवसायमार्फत पर्यटकले थप सेवा सुविधा पाउने, रोजगार बढ्ने, सहर चलायमान बन्ने अपेक्षाका साथ रात्रिकालीन व्यवसायमा जोड दिइएको उनले उल्लेख गरे।

images

'हामीले आगामी बैशाखदेखि नै रात्रिकालीन व्यवसाय सञ्चालन गरेर पर्यटकीय सहरहरुलाई थप चलायमान बनाउने लक्ष्यका साथ सरोकारवाला निकायबीच छलफल र परामर्श गरिरहेका छौँ,' उपप्रधानमन्त्री लामिछानेले भने, 'रातिको समयमा बजार खुलाउँदा सुरक्षा नहोला कि भन्ने जिज्ञासा पनि आएको छ, यदी यसरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कुनै सुरक्षा चुनौती आएको खण्डमा फेरी बन्द गर्न सकिन्छ।'

images

बैठकमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्द सामाजिक विकृति आउन सक्ने सम्भावना रहेको समितिका सदस्यहरुले जिज्ञासा राखेका थिए। समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा ध्वनी प्रदूषण हुने, सुरक्षामा चुनौती थपिने, विकृती बढ्न सक्ने भन्दै उक्त विषयमा सचेत रहन आग्रह गरेका थिए। रात्रिकालीन व्यवसाय सञ्चालनबाट हुने फाइदा मात्रै नभएर यसका बेफाइदाबारे गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो।

images
images

'रात्रिकालीन व्यवसाय सञ्चालन हुनु भनेको डान्सबार मात्रै सञ्चालन गर्ने, संगीत मात्रै बज्ने र विकृति नै हुन्छ भन्ने होइन,' समितिका सदस्य श्रेष्ठको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री लामिछानेले भने, 'राति नेपाल भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुले खाना कहाँ खाने? कहाँ बस्ने?, रात्रिकालीन व्यवसाय सञ्चालन भयो भने यी सेवाबाट उहाँहरु बिमुख त हुनुपर्दैन।' रासस

images

प्रकाशित : बुधबार, चैत १४ २०८००४:४२

प्रतिक्रिया दिनुहोस