शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

images
बुधबार, चैत १४ २०८०
images
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रामात्मक प्रचार गरी बिक्रीवितरण गरेको पाइएपछि विभागले बन्द गर्न निर्देशन दिएको हो।

images
images

काठमाडौं- औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रामात्मक प्रचार गरी बिक्रीवितरण गरेको पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताए।

images
images
images

अहिलसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि गैरकानूनी रुपमा बिक्री वितरण गरिएको महानिर्देशक ढकालले बताए। अनलाइन फार्मेसीका नाममा औषधिको भ्रामात्मक प्रचार गरी छुटलगायत प्रलोभन देखाइ बिक्री वितरण गरिएको उनले बताए।

images
images

औषधि ऐन, २०३५ को दफा १९ बमोजिम औषधिको झुट्टा तथा भ्रमात्मक प्रचार गर्न नहुने कानूनी व्यवस्था छ।

images
images

'सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्वअनुमति लिनपर्ने स्पष्ट कानूनी व्यवस्था छ,' महानिर्देशक ढकालले भने।

अनलाइन फार्मेसीबाट बिक्री वितरण गरिएका औषधिको सुरक्षितता, गुणस्तरियता र प्रभावकारिताका सम्बन्धमा उपभोक्ता आफै जिम्मेवार हुनुपर्ने र त्यस्ता अनलाइन फार्मेसीबाट औषधि खरिद गरी सेवन नगर्न/नगराउन सबैमा अनुरोध गरिएको छ।

अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानूनअनुसार कारबाही गरिने विभागले जनाएको छ। रासस


प्रकाशित : बुधबार, चैत १४ २०८०१५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend