शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

भरतपुर आउने पर्यटकले आजदेखि बाघ देख्न पाउने

images
बुधबार, चैत १४ २०८०
images
भरतपुर आउने पर्यटकले आजदेखि बाघ देख्न पाउने

नेपालमा सबैभन्दा बढी बाघ भएको निकुञ्ज यही हो। पछिल्लो गणनाअनुसार यहाँ एक सय २८ वयस्क बाघ रहेका छन्।

images
images

चितवन- निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन्। यहाँ आउने पर्यटकले आकलझुकलमात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन्।

images
images
images

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा दुई लाख हाराहारी पर्यटक घुम्ने गर्दछन्। तीमध्ये निकै न्यून पर्यटकले मात्र बाघ देख्ने अवसर पाउँछन्। निकुञ्ज र मध्यवर्ती घुम्ने अधिकांश पर्यटकले एक सिङ्गे गैँडा भने हेर्ने अवसर पाउँछन्।

images
images

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्ष मनाउँदै गर्दा दुई नयाँ गन्तव्यको खोजी गरेको छ। त्योमध्येको एक पाटेबाघ यहाँ आउने पर्यटकलाई देखाउने र अर्को दियालो दरबार प्रवेशको वातावरण बनाउने रहेको थियो। गत सातादेखि दियालो बंगला सञ्चालनको जिम्मेवारी महानगरपालिकाले लिएको छ। 

images
images

यससँगै आजदेखि भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा दुई पाटेबाघ सर्वसाधारणका लागि हेर्ने अवसर महानगरले दिलाएको छ। महानगरपालिका-६ देवनगरस्थित वन्यजन्तु उद्धार केन्द्रको आज उद्घाटन गरी सर्वसाधारणका लागि बाघ हेर्ने व्यवस्था मिलाइएको हो। 

केन्द्रको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले निकुञ्जभित्र खोरमा राखिएका बाघलाई केन्द्रमा ल्याएर सर्वसाधारणका लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको बताइन्। विभिन्न ठाउँमा मानिसलाई आक्रमण गरेर नियन्त्रणमा लिइएको बाघ यहाँको खोरमा राखिएको उनले बताइन्। उनले भनिन्, 'निकुञ्ज र आसपासका क्षेत्रका नरभक्षी बाघलाई निकुञ्जभित्रको सट्टामा बाहिर सर्वसाधारणले हेर्न मिल्ने गरी राखिएको हो।'

उनका अनुसार आजदेखि यहाँ आउने पर्यटकले बाघ नहेरी फर्कनु पर्दैन। महानगरपालिकाले बाटो, मचान, कम्पाउण्डलगायत निर्माणमा एक करोड रूपैयाँ खर्च गर्नेगरि सो गन्तव्यको विकास गरेको उनले बताइन्। यस क्षेत्रमा गैँडालगायत वन्यजन्तुसमेत ल्याएर खुल्ला चिडियाखानाका रुपमा विकास गरिने उनले जानकारी दिइन्। त्यहाँ आउने पर्यटकले तिरेको राजस्वले बाघलगायत वन्यजन्तुको पालनपोषण र रेखदेखमा सहयोग पुग्ने उनको भनाइ थियो।

उपप्रमुख चित्रसेन अधिकारीले नयाँ गन्तव्य थप गरेर भ्रमण वर्ष सफल बनाउन लागिएको बताए। उनले भने, 'बाघ हेर्न यहाँ आउने पर्यटक बढ्नेछन्।'

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना र बरण्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले अब सर्वसाधारणका लागि बाघ हेर्ने अवसर मिल्ने बताए।

होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले भरतपुरको पर्यटन प्रवर्द्धनमा यो सहयोगी हुने बताए।

निकुञ्जले बाँकेबाट विसं २०७८ फागुन १८ गते ल्याएको भाले बाघ र विसं २०७७ असोज १२ गते भरतपुर-१३ को वेलशहर सामुदायिक वनबाट नियन्त्रणमा लिएको भाले बाघ यहाँ ल्याइएको छ। बाँकेबाट ल्याउँदा सो बाघ छ वर्षको र बेलसहरको ११ वर्षको रहेका थिए। अझै निकुञ्जभित्र दुई पोथी बाघ र सौराहामा दुई भाले बाघ खोरमा रहेका छन्।

नेपालमा सबैभन्दा बढी बाघ भएको निकुञ्ज यही हो। पछिल्लो गणनाअनुसार यहाँ एक सय २८ वयस्क बाघ रहेका छन्। देशभरको तथ्यांक तीन सय ५८ रहेको छ। चितवन पछि धेरै बाघ बर्दियामा रहेका छन्। त्यहाँ एक सय २५ वयस्क बाघ देखिएका थिए। निकुञ्जभित्र बाघले मानिसलाई आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिएर राख्ने गरिन्छ। रासस


प्रकाशित : बुधबार, चैत १४ २०८०१३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend