शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

पर्सामा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी

images
बुधबार, चैत १४ २०८०
images
पर्सामा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी

सूचीकृत भएका आगामी बैशाखमा पर्साका एक सय ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी भइरहेको छ।

images
images

वीरगञ्ज- पर्सामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु भएको छ। 

images
images
images

राष्ट्रिय भूमि आयोग जिल्ला शाखा पर्साले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने तयारी थालेको हो। आयोगले प्रक्रिया थालेपछि भूमि प्राप्तिका लागि पर्सामा छ हजारभन्दा बढीको नाम सूचीकृत गरेको छ।

images
images

विभिन्न पालिकामा भूमिहीन दलित एक हजार तीन सय ६३, भूमिहीन सुकुम्बासी दुई हजार पाँच सय ७७ र अव्यवस्थित बसोबासी दुई हजार नौ सय ४९ गरी छ हजार आठ सय ८९ जनाको नाम सूचीकृत भएको राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहम्मदले जानकारी दिए।

images
images

आयोगमा सूचीकृत भएकामध्ये सबैभन्दा बढी ठोरी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी र बहुदरमाई नगरपालिकामा छन्। अध्यक्ष अहम्मदका अनुसार सबैभन्दा बढी ठोरी गाउँपालिकामा भूमिहीन दलित २६, भूमिहीन सुकुम्बासी एक हजार सात सय ४० र अव्यवस्थित बसोबासीमा एक हजार नौ सय छजनाको नाम सूचीकृत भएको छ।

यस्तै, पर्साको पर्सागढीमा भूमिहीन दलित सात सय ७२, भूमिहीन सुकुम्बासी तीन सय ५७ अव्यवस्थित बसोबासीमा पाँच सय ५४ को नाम सूचीकृत भएको अध्यक्ष अहम्मदले बताए।

पर्साका अन्य पालिकाबाट विवरण आउन बाँकी रहेको उनको भनाइ छ। अध्यक्ष अहम्मदका अनुसार सूचीकृत भएका आगामी बैशाखमा पर्साका एक सय ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी भइरहेको छ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी थाले पनि स्थानीय तहले लागत संकलनलगायत कार्यमा सहयोग नगरेकाले अपेक्षाकृत रुपमा कार्य अघि बढाउन नसकिएको अध्यक्ष अहम्मदको गुनासो छ। रासस


प्रकाशित : बुधबार, चैत १४ २०८०१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend