शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

पर्वतमा चार करोडको लागतमा तटबन्ध निर्माण

images
बुधबार, चैत १४ २०८०
images
पर्वतमा चार करोडको लागतमा तटबन्ध निर्माण

आगामी पुस ७ गतेसम्म ठेक्काको म्याद भए पनि १० महिनाअगावै योजना सम्पन्न भएको छ।

images
images

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ स्थित राम मन्दिर संरक्षण गर्न चार करोड ३२ लाख ७९ हजार रूपैयाँको लागतमा तटबन्ध निर्माण गरिएको छ। 

images
images
images

कालीगण्डकी र रघुगंगा नदीमा अघिल्लो वर्षायाममा आएको बाढीले कटानको उच्च जोखिममा परेको राम मन्दिर संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको हो।

images
images

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको रुपताल संरक्षण एकीकृत विकास परियोजनाले माछापुच्छ्रे निर्माण सेवासँग दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी गत वर्ष माघमा चार करोड ३२ लाख ७९ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

images
images

मन्दिर संरक्षण गर्न कालीगण्डकी नदी किनारमा एकसय ३८ मिटर लामो ‘कम्पोजिट’ पर्खाल निर्माण गरिएको छ। ठेक्का सम्झौता हुनेबित्तिकै निर्माण कम्पनीले काम थालेको थियो। आगामी पुस ७ गतेसम्म ठेक्काको म्याद भए पनि १० महिनाअगावै योजना सम्पन्न भएको छ।

तीन वर्षअघि कालीगण्डकीमा आएको बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको राम मन्दिरमा क्षति भएको थियो। नदी कटानले मन्दिरको धर्मशालासहितका संरचना बाढीले बगाएको थियो। बाढीका कारण मन्दिर, पुजारी निवास र गलेश्वरबाट राम मन्दिर जोड्ने झोलुंगे पुल जोखिममा परेको थियो।

रुपताल संरक्षण एकीकृत विकास परियोजनाका सबइन्जिनियर अशोक तिमिल्सिनाका अनुसार जमिनमुनि ५० सेन्टिमिटर चौडाइको दुईमिटर ५० सेन्टिमिटरको कटअफ निर्माण गरी तीन मिटर उचाइको चार मिटर फराकिलो पक्की कम्पोजिट पर्खाल निर्माण गरिएको छ। निर्माण भएको कम्पोजिट पर्खालमाथि आवश्यकतानुसार तीनदेखि चारमिटर उचाइसम्म ‘ग्याबिन’ जाली भरिएको छ।

कालीगण्डकीको कटानले उच्च जोखिममा पर्वत जलजला गाउँपालिकास्थित वारीबेनी, म्याग्दीको बेनीबजार र गलेश्वर क्षेत्र आसपासका बस्तीलाई संरक्षण गर्न रुपताल संरक्षण एकीकृत विकास परियोजनाले एक वर्षअघिदेखि ४८ करोड रूपैयाँको लागतमा विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ। रासस


प्रकाशित : बुधबार, चैत १४ २०८०११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend