शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

चक्रपथ विस्तारबारे राखिएको बोर्ड चोरी भएको भन्दै महानगरले दियो प्रहरीमा उजुरी

आफ्नो देशमा एक दिनमा अस्पताल बनाउनेले यहाँ काम नगरी कुटनीतिक नोट लेखेछन् : बालेन

images
बुधबार, चैत १४ २०८०
images
चक्रपथ विस्तारबारे राखिएको बोर्ड चोरी भएको भन्दै महानगरले दियो प्रहरीमा उजुरी

उक्त सूचना बोर्डहरू हटेको बारेमा महानगर प्रमुख बालेन शाहले पनि सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक गुनासो गरेका छन्।

images
images

काठमाडौं- कंलकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएको कारण निकै गुनासो आएको भन्दै काठमाडौं महानगरपालिकाले विभिन्न ९ स्थानमा राखेको सूचना बोर्ड हटाइएको छ। 

images
images
images

जनगुनासोको व्यवस्थापन गर्न तथा उक्त चक्रपथ सुधार आयोजना अस्तव्यस्त भएबाट महानगरवासीलाई पर्न गएको असुविधासमेतलाई सम्बोधन गर्ने उद्देश्यले कंलकीदेखि बसुन्धरासम्मका नौ स्थानमा राखिएको सूचना बोर्ड हराएको भन्दै महानगरले प्रहरी परिसर टेकूमा उजुरी दिएको छ। 

images
images

'उक्त सूचना बोर्डमा आयोजना : चक्रपथ सुधार आयोजनाको दोस्रो फेज (कंलकी-महाराजगञ्ज), चक्रपथ सुधार आयोजनाको निर्माण जिम्मेवार नेपाल सरकार र साङ्घाई कन्स्ट्रक्सन कम्पनी समेत उल्लेखित रहेको थियो। सो बोर्डहरु हाल उक्त स्थानहरुमा नरहेकोले चोरी भएको सम्बन्धमा आवश्यक छानबिन/अनुसन्धान गरी दोषीउपर हदैसम्मको कारबाही गरी दिनुहुनु निर्देशानुसार अनुरोध गरिन्छ' महानगरको उजुरीमा भनिएको छ। 

images
images

साथै उक्त सूचना बोर्डहरू हटेको बारेमा महानगर प्रमुख बालेन शाहले पनि सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक गुनासो गरेका छन्। 

'२०१५ मा सक्नुपर्ने काम २०२४ लाग्दासमेत सकिएको छैन। छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ। स्थानीयले बोले, संघीय सांसदसमेतले पटक-पटक आवाज उठाए तर कसैको सुनेको थिएन। त्यत्रो आवाज नसुन्ने र त्यत्रो दु:ख नदेख्ने निर्माणकर्ताहरूले ती १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन्' उनले लेखेका छन्। 

समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले 'कथित अल्टिमेटमको समय' सकिनेवित्तिकै बोर्ड निकालेर फ्यालेको भन्दै उनी लेख्छन्, 'अनि आफ्नो देशमा एक दिनमा अस्पताल बनाउनेले कुटनीतिक नोट लेखेछन्। यहि नजर वर्षौँदेखि अलपत्र पारेर दु:ख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन्। समय सकिनेवित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस्।'


प्रकाशित : बुधबार, चैत १४ २०८०११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend