आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

धानको मूल्य बढेसँगै चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १४ २०८०
images
धानको मूल्य बढेसँगै चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

कन्काई नहरबाट सिञ्चित क्षेत्रमा केन्द्रले किसानलाई प्रविधि प्रदर्शनीको व्यवस्था गर्नाले पनि चैते धानप्रति किसानको आकर्षण बढेको हो।

images
images

झापा- धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतीतर्फ झापाका किसान आकर्षित भएका छन्। विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजार रुपैयाँले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो। 

images
images
images

जिल्लामा विगतमा तीन हजार दुई सय ५० रुपैयाँ प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल चार हजार दुई सय ५० रुपैयाँ प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए। 

images
images

सूचना अधिकारी भण्डारीका अनुसार लागत कम र बढी मूल्य पाउन थालेपछि यस वर्ष जिल्लामा चैते धानखेती गर्ने किसान बढेका हुन्।

images
images

जिल्लामा आर्थिक वर्ष २०७९/८० मा १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा चैत धान लगाइएकामा यस वर्ष बढ्ने केन्द्रले जनाएको छ।

कन्काई नहरबाट सिञ्चित क्षेत्रमा केन्द्रले किसानलाई प्रविधि प्रदर्शनीको व्यवस्था गर्नाले पनि चैते धानप्रति किसानको आकर्षण बढेको हो।

कन्काई सिँचाइ आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रदर्शन र धानखेतीमा प्रयोग हुने आधुनिक मेसिनरीबारे दुईवटा कार्यक्रम सञ्चालन गरिएको थियो। शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका गरी चारवटा स्थानीय तहमा सो कार्यक्रम लागु भएको छ। 

'विगतमा ४० देखि ५० केजी धानको बीउ लाग्ने ठाउँमा प्रविधिको प्रयोग गर्दा अहिले २० केजी बीउले पुग्यो', सूचना अधिकारी भण्डारीले भने, 'एकातिर बीउमा खर्च घट्यो अर्कातर्फ मेसिनको प्रयोगले समय र श्रमिकको लागत पनि कम भयो। यसको प्रत्यक्ष लाभ किसानले पाउँछन्।'

गौरादह नगरपालिका-९ का किसान यादव रिमाल आधुनिक प्रविधिको प्रयोग गरेर कम लागतमा चैते धान लगाउन पाएकामा मक्ख छन्। उनले ज्ञान केन्द्रको सहयोगमा आफूले आनुधिक प्रविधि प्रयोग गरेर धानखेती गरेको बताए। उनले विगतमा जस्तो सिँचाइ असुविधा, धानको मूल्यमा समस्या नहुँदा पनि चैत धानखेतीप्रति उत्साहित भएर लगाएको बताए।

गौरीगञ्ज गाउँपालिका- १ का किसान इन्द्रबहादुर राजवंशीले ज्ञान केन्द्रले किसानले उत्पादन गरेको धान खेतबाटै जिल्लाका विभिन्न राइसमिलमा बिक्रीको व्यवस्था मिलाइदिएकोे बताए। उनले भने, 'प्रविधिको प्रयोग गरेर खेती गर्दा अलि झन्झट भए पनि प्रतिफल राम्रो दिन्छ।'

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० झापामा बर्खाको समयमा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो।

कृषि ज्ञान केन्द्रका  अनुसार आव २०७९/८० मा झापा जिल्ला चैते धान १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएकाकम एक लाख चार हजार १४ मेट्रिक टन उत्पादन भएको थियो। रासस


प्रकाशित : बुधबार, चैत १४ २०८००९:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend