शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

भुक्तानी पाएपछि निर्माण कम्पनीले अघि बढायो महाकाली पुलको बाँकी काम, ६ महिनाभित्र सक्ने

images
मंगलबार, चैत १३ २०८०
images
भुक्तानी पाएपछि निर्माण कम्पनीले अघि बढायो महाकाली पुलको बाँकी काम, ६ महिनाभित्र सक्ने

गत वर्षको काम गरेबापतका साढे आठ करोड रूपैयाँ रकम हालै उपलब्ध भएपछि कम्पनीले पाँच महिनादेखि रोकिएको काम अघि बढाएको हो।

images
images

महेन्द्रनगर- कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महिनापछि पुनः सञ्चालन भएको छ।

images
images
images

पुल योजनामा काम गरेबापतको करोडौँ रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो। केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम ६ महिनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको छ।

images
images

विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर छ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। निर्माण कम्पनी कुमार-सीएफईसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका साढे आठ करोड रूपैयाँ रकम हालै कम्पनीलाई उपलब्ध भएको जानकारी दिए।

images
images

उनले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागका पुर्‍याउने प्रक्रियामा रहेको जानकारी दिए। 'भेरिएसनका कारण अझै १५ करोड रूपैयाँ बक्यौता छ', उनले भने, 'गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ।'

उनले ८ दशमव ६ किलोमिटर छ लेनको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको बताए। 'रकम अभावलगायतको कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ', इन्जिनियर पाण्डेयले भने, 'कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृतिलगायतका कारणले पुल निर्माणमा ढिलाइ भयो।'

तीन अर्ब ६६ करोड रूपैयाँको लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको छ। पुलसँगै महाकाली नदीपारिको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ।

पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीयस्थल हुने गरी पोखरी निर्माण गरिएको छ। पसलको उत्तरतर्फ एक वर्गकिलोमिटर भन्दा ठूला दुई वटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्गकिलोमिटरका दुई वटा पोखरी निर्माण भएका छन्। गएको बर्सातपछि पोखरीको डिजाइनीमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ। रासस


प्रकाशित : मंगलबार, चैत १३ २०८०१८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend