शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नेपालमा लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंकलाई महासंघ अध्यक्ष ढकालको आग्रह

images
मंगलबार, चैत १३ २०८०
images
नेपालमा लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंकलाई महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल रणनीतिक रूपमा दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेकोले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठूला बजारमा सहज पहुँच पुर्‍याउन सक्ने एफएनसीसीआई अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। एआईआईबीका सञ्चालक समितिका पदाधिकारीहरु र नेपालको निजी क्षेत्रका प्रतिनिधिहरूसँग मंगलबार चन्द्रागिरीमा भएको भेटमा अध्यक्ष ढकालले लगानीका लागि आग्रह गरेका हुन्।

images
images
images

सो भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरुको खोजीमा विशेष छलफल भएको थियो। एआईआईबीले यातायात, उर्जा र शहरी विकास लगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो। नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो।

images
images

आफ्नो धारणा राख्दै महासंघका अध्यक्ष ढकालले नेपाल विकासको अपार सम्भावना भएको देश भएको बताए। उनले एआईआईबी बोर्डका पदाधिकारीहरूलाई निजी क्षेत्र एआईआईबी जस्ता संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत यस सम्भावनाको फाइदा लिन उत्सुक रहेको जानकारी दिए। ढकालले नेपाल रणनीतिक रूपमा दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेकोले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठूला बजारमा सहज पहुँच पुर्‍याउन सक्ने बताए।

images
images

ढकालले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको बताए। उनले नेपालले हासिल गरेको बाह्य क्षेत्रको स्थायित्वबारे पनि एआईआईबी अधिकारीहरुलाई जानकारी गराए। अध्यक्ष ढकालले मुलुक अहिले आन्तरिक उपभोग सुधारमा केन्द्रित भएको बताउँदै एआईआईबी नेपालमा धेरै महत्त्वपूर्ण परियोजनाहरूमा प्रमुख साझेदार भएको र सहकार्यका लागि आफूहरु नयाँ मार्गहरू खोज्न उत्सुक रहेको बताए।

महासंघका अध्यक्ष ढकालले नेपाल सरकारले देशको लगानीको वातावरण सुधार गर्न १२ वटा ऐन परिमार्जन गर्ने प्रक्रियामा रहेको एआईआईबी बोर्ड पदाधिकारीहरुलाई जानकारी गराए। उनले राम्रो ‘डुइङ बिजनेस’ वातावरण बनाउन सरकार प्रक्रिया र नियमलाई सहज बनाउन गम्भीर रहेको बताए । उनले सम्भावित देशहरूसँग द्विपक्षीय लगानी सम्झौता गर्ने सरकारको योजनाबारे पनि अधिकारीहरूलाई जानकारी गराए। ढकालले द्विपक्षीय लगानी सम्झौताको ढाँचा छिट्टै टुंगो लाग्ने बताए।

लगानीका बारेमा थप जानकारी दिँदै ढकालले आगामी अप्रिल २८ देखि २९ गतेसम्म आयोजना हुने नेपाल लगानी सम्मेलनबारे अधिकारीहरुलाई जानकारी गराए। उनले एआईआईबी प्रतिनिधिमण्डललाई यो जानकारी सबै सदस्य राष्ट्रहरूमा फैलाउन अनुरोध गरे। यसपटकको लगानी सम्मेलनको राम्रो पक्ष भनेको निजी क्षेत्रलाई पनि सहआयोजकका रूपमा समावेश गरिएको उनले बताए।

अध्यक्ष ढकालले नेपालको आर्थिक विकासमा निजी क्षेत्रले अगुवाइ गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए। निजी क्षेत्रले जहिले पनि समयमै गुणस्तरीय आयोजना सम्पन्न गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले अब एआईआईबी जस्ता संस्थासँग थप सहकार्य खोजिरहेको पनि बताए।

सो भेटवार्तामा एआईआईबी का पदाधिकारीहरु, सरकारी प्रतिनिधिहरु र निजी क्षेत्रका प्रतिनिधिहरु सामेल थिए। 


प्रकाशित : मंगलबार, चैत १३ २०८०१८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend