शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नेपालको जलविद्युत र पूर्वाधार क्षेत्रमा लगानी गर्न एआईआईबीलाई गभर्नर अधिकारीको आग्रह

images
मंगलबार, चैत १३ २०८०
images
नेपालको जलविद्युत र पूर्वाधार क्षेत्रमा लगानी गर्न एआईआईबीलाई गभर्नर अधिकारीको आग्रह

नेपालको पूर्वाधार विकासको लागि आन्तरिक स्रोत अपुग रहेको उल्लेख गर्दै उनले एआईआईबी जस्ता संस्थाले जलविद्युत्, प्रसारण लाइनलगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए।

images
images

काठमाडौं- नेपाल भ्रमणमा रहेको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच भेटवार्ता भएको छ। एआईआईबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायकेको नेतृत्वको उक्त टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र र बैंकका अन्य अधिकारीहरूसँग भेटवार्ता गरेको हो।

images
images
images

भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादन, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, बाह्य क्षेत्रलगायत मुलुकको वर्तमान आर्थिक स्थितिबारे जानकारी दिएका थिए। नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन र सुपरिवेक्षकीय भूमिकाले नेपालको समग्र स्थिति सन्तोषजनक रहेको अधिकारीले बताएका थिए। 

images
images

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भइ दोस्रो लगानी सम्मेलनसमेत गराएका अधिकारीले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण रहेको बताएका थिए।  अधिकारीले लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्थाबारे जानकारी गराएका थिए । 

images
images

नेपालको पूर्वाधार विकासको लागि आन्तरिक स्रोत अपुग रहेको उल्लेख गर्दै उनले एआईआईबी जस्ता संस्थाले जलविद्युत्, प्रसारण लाइनलगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए।

भेटका अवसरमा एआईआईबीको टोली प्रमुख रथनायकेसहित अन्य सदस्यहरूले नेपालमा वैदेशिक लगानीको लागि नीतिगत व्यवस्था, एआईआईबीले लगानी गर्नसक्ने पूर्वाधार क्षेत्र, ऋण स्वीकृति प्रक्रिया र ऋणको ब्याजदरबारे चासो व्यक्त गरेका थिए। 

भेटघाट कार्यक्रम राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू नेफिल मताङ्गि मास्के, डा. गुणाकर भट्ट, डा. प्रकाशकुमार श्रेष्ठ र गुरुप्रसाद पौडेल उपस्थित रहेको राष्ट्र बैंकले जनाएको छ।

एसियाली तथा अन्य सदस्य राष्ट्रहरूमा दिगो तथा हरित अर्थतन्त्रमा लगानी गर्ने उद्देश्यले सन् २०१६ एआईआईबीको स्थापना भएको हो। नेपाल यसको सदस्य राष्ट्र हो। यसको मुख्यालय चिनको बेइजिङमा रहेको छ।


प्रकाशित : मंगलबार, चैत १३ २०८०१८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend